बिहीबार, वैशाख २०, २०८१

टेकु अस्पतालमा विदेश जाने युवाको भिड, ३ दिनसम्म लाइनमा बस्नु पर्ने

मेरोन्यूज २०७८ साउन ८ गते १३:३१

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेको भीड लागेको छ । विदेश जाने युवालाई सम्बन्धित देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि टेकुमा युवाहरुको भीड बढेको हो ।

सयौँको संख्यामा मानिहरूको भीड बढेपछि टेकु अस्पतालमा अस्त व्यस्तता देखिएको छ । देशका विभिन्न जिल्लाबाट विदेश जान आएका युवाहरू तिन दिन अघिदेखि लाइन बस्दासमेत प्रमाणपत्र लिने पालो नआएको बताएका छन् ।

खोप लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेिन्टनमा बस्नु नपर्ने जनाइएको छ । ३ दिनदेखि लाइन बस्दासमेत प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनका लागि ध्यान दिनु पर्ने बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरै दिनदेखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भइसकेको युवाहरुले बताएका छन् ।

प्रतिक्रिया