शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसमा मिति परिवर्तन नहुने गरी कार्य तालिका संशोधन

मेरोन्यूज २०७८ साउन ८ गते १२:५७

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति परिवर्तन नहुने गरी कार्य तालिका संशोधन गर्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले धर्नामा बसेका नेता तथा कार्यकर्ताको माग सम्बोधनका विषयमा विकल्पसहितको प्रस्ताव ल्याउन सभापति देउवाले आग्रह गरेको जानकारी दिए । बुढानीलकण्ठमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।

बैठकले पार्टीको क्रियाशील छानबिन समितिलाई सदस्यता टुंगो लगाउने समय १० गतेसम्म थप गरिदिएको छ । शनिबार बिहान ९ बजे बस्ने गरी आजको बैठक सकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया