शनिबार, वैशाख १५, २०८१

एलएलबी प्रथम वर्षको प्रवेश परिक्षाको फारम खुल्यो (सूचनासहित)

मेरोन्यूज २०७८ साउन ८ गते १०:३९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०७६/०७७ का लागि कानून संकायमा नयाँ विद्यार्थी भर्नाका लागि परिक्षा फारम पुन खुलाएको छ ।

कानुन संकायको एलएलबी प्रथम वर्षका लागि लिइने भर्नाका लागि प्रवेश परिक्षाको फारम पुन खुलाएको डिनको कार्यलायले जनाएको छ । प्रवेश परिक्षाको फारम सम्वन्धित क्याम्पसबाट पाइने सूचनामा उल्लेख छ ।

यस अघि एलएलबी भर्नाका लागि लिइने प्रवेश परिक्षाको फारम बैशाख १४ देखि जेठ १३ गतेसम्म खुल्ला गर्ने सूचना प्रकाशित भएको थियो ।

कोरोना महामारीका कारण सरकारले बैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि डिनको कार्यालयले तत्कालका लागि फारम भर्न वन्द गरेको थियो ।

प्रतिक्रिया