शुक्रबार, चैत १६, २०८०

अन्तत: भीम रावल राजीनामा फिर्ता लिन तयार

पार्टीभित्र चौतर्फी दबाब बढेको प्रतिक्रिया

मेरोन्यूज २०७८ साउन ८ गते ९:५६

काठमाडौं । आवेगमा आएर उत्तेजित पारामा संसदबाट राजीनामा दिएका एमाले अछाम १ का सांसद भीम रावल अन्तत राजीनामा फिर्ता लिन तयार भएका छन् ।

उनलाई राजीनामा दिन जादा साउन ३ गते एमालेकै नेपाल निकट नेता सुरेन्द्र पाण्डेले रोक्न प्रयास गरेका थिए । नेता पाण्डेको प्रयासलाई अटेर गर्दै रावलले राजीनामा दिएका थिए ।

आवेगमा राजिनामा दिएका रावललाई त्यसपछि भने राजीनामा दिएर गल्ती गरेको आफैंले महसुस गरेका थिए । त्यसपछि उनले आफैंले राजीनामा फिर्ता लिनका लागि बाहिरी माहोल बनाउन लागि परेको थिए ।

त्यसका लागि आफुमाथी दवाव बढाएको जस्तो बनाएर उनी राजीनामा फिर्ताको वातावरण बनाउन लागेका थिए । पार्टी र सांसद तथा स्थानीय नेता कार्यकर्ताको दबाबका कारण आफु राजिनामा फिर्ता लिन तयार भएको उनको भनाई छ ।

नेता रावललाई राजीनामा फिर्ता गराउने एमालेको असन्तुष्ट वरिष्ठ नेता माधव कुमार नेपाल समूहले साउन ६ गते बोलाएको स्थायी कमिटी बैठकमा उनी सहभागि भएनन् ।

Advertisement

बुधबार नै नेता नेपाल टोखास्थित नेता रावलको निवासमा पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । एमाले नेता कार्यकर्ताले भने नेता नेपाललाई आफ्नै निवासमा बोलाएर राजीनामा फिर्ताको दवाव दिन लगाएको जस्तो बनाएको आरोप लगाएका छन् ।

बुधबार नेता नेपालसँग आफ्नै निवासमा भेटवार्ता गरेका रावलाई शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन वार्ता गरेका छन् । सो वार्ताका क्रममा अध्यक्ष ओलीले पनि राजीनामा फिर्ता लिन आग्रह गरेको ओली निकट स्रोतले जनाएको छ ।

रावललाई राजीनामा फिर्ता गराउन सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एमाले सांसदहरुको डेलिगेशन नै गएको थियो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साउन ४ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले रावलले राजीनामा फिर्ता लिनु पर्ने बताएका थिए ।

पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि रावलको राजीनामा अनुपयुक्त भएको बताएका थिए । उनी आफैं पनि संसदमा बुझाएको राजीनामाका विषयमा बुझ्न र सनाखतमा गएका थिएनन् ।

उनले राजीनामा बुझाएका मात्र थिए । उनले सम्भवत आजै राजीनामा फिर्ताको घोषणा गर्ने तयारी रहेको उनी निकट नेताहरुले बताएका छन् । एमालेका अन्य नेताले भने रावलले घुक्र्याउन मात्र राजीनामाको विषय अघि सारेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया