बिहीबार, वैशाख १३, २०८१

पत्रकार महासंघ यूकेद्वारा ५ लाख सहयोग

मेरोन्यूज २०७८ साउन ८ गते ७:१३

लण्डन । कोरोना महामारीबाट प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासंघ यूके शाखाले सङ्कलन गरेको पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

देशभर कार्यरत पत्रकारमध्ये २५ पत्रकारई जनही २० हजार रुपैयाँका दरले वितरण गर्ने योजना रहेको शाखाले जानकारी गराएको छ ।

‘सो रकम लेखन वृत्ति’ नाममा पत्रकार महासंघ केन्द्रीय समितिमार्फत वितरण गर्ने निर्णय भएको छ । सोही निर्णय बमोजिम उठेको पाँच लाख १६ हजार रुपैयाँ पत्रकार महासंघ केन्द्रीय समितिको बैंक खातामा जम्मा गरिसकेको युके शाखालो जनाएको छ ।

गत जुनको दोस्रो साता बसेको नवनिर्वाचित यूके शाखाको पहिलो बैठकले कोरोना प्रभावित पत्रकारहरूलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

सहयोग सङ्कलनका लागि शाखाले नवनिर्वाचित सदस्यहरू दिनेशकुमार परियार, प्रमिला लावुङ र गोमा रानालाई जिम्मा दिएको थियो ।

हाल कोरोनाबाट सङ्क्रमित भएका पत्रकार र तिनको परिवारलाई लक्षित गरिए पनि तमाम पत्रकारलाई कुनै न कुनै रूपमा महासङ्घ यूकेको शाखाले जोड्ने योजना रहेको शाखाले जनाएको छ ।

प्रतिक्रिया