शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

ज्यो. दिवाकर पन्त २०७८ साउन ८ गते ६:१५

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको आठ गते शुक्रबार, आषाढ शुक्लपक्षको चतुर्दशी तिथि । आज पूर्णिमा व्रत । अब लागौं आजको राशिफलतर्फ

मेष
पेशागत जीवन स्थिर रहने छ । पेशाप्रति समर्पित काम गर्न लाग्ने छ । भाग्य बलियो रहेको छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । घर घडेरीसँग सम्बन्धि विषयमा भने नोक्सानी ब्योहर्नु पर्ने समय सक्रिय रहेको छ ।

वृष
मनमा उदासिनता र निराशाले पनि घेर्ने भएकाले मन नियन्त्रणमा ध्यान दिनु पर्ने देखिन्छ । बोलीको प्रभावमा बढोत्तरी हुने छ । अनावश्यक रुपमा रिसको मात्रा धेरै देखा पर्ने भएकाले यसलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोला । आम्दानीमा भने केही बृद्धि देखा पर्नेछ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् ।

मिथुन
पेशागत जीवनमा सकारात्मक नतिजाहरु देखा पर्ने छ । बोलीको प्रभाव र व्यवस्थापकीय खुबीमा बृद्धि हुने छ । दाम्पत्य जीवनमा सुमधुरता र शितलामा देखा पर्ने छ । धन सम्पत्ति नोक्सानीतर्फ जाने अवस्था देखिएकाले संयमित रहनु उपयुक्त हुने छ । पेशागत जीवन औसत रहने छ ।

कर्कट
व्यक्तित्वमा दुविधा देखा पर्न जाँदा कमजोर मनोबलले भरिएको अवस्था आउने छ । झैझगडाका क्रम बढ्न पुग्ने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ । मनमा दुविधाका क्रममा बृद्धि हुने छ । पेशागत जीवनमा पनि संयमित रहेर पाइला चाल्नु पर्ने समय रहेको छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई सम्हालन मद्धत पुग्ने छ ।

सिंह
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । व्यक्तित्वमा केही ह्रास देखा पर्ने भएता पनि बोलीको प्रभावका कारण आम्दानीमा केही बृद्धि नै हुन पुग्ने छ । प्रेममा सफलता मिल्ने छ भने रोमाण्टिक प्रकृतिको स्वाभावमा पनि बृद्धि हुने छ । घर घडेरी, वाहन जस्ता विषयमा द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा औसत कदमहरु चाल्नु उपयुक्त हुने छ ।

कन्या
ब्यवस्थापकीय खुवी तथा क्षमतामा पनि बढोत्तरी हुन पुग्ने छ । पेशागत अवस्था स्थिर रहने छ । पेशागत जीवनमा लाभ प्राप्त हुने छ । बोलीमा आउने प्रभावका कारण पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुन पुग्ने छ । आम्दानीको हकमा द्वन्दको सामना गर्नु पर्ने छ ।

तुला
बौद्धिकतामा बृद्धि हुने छ । पेशागत जिम्मेबारी सहित यात्रा गर्नु पर्नेछ । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ भने पेशागत जीवनमा भने द्वन्दको अवस्थाबाट गज्रनु पर्ने भएकाले संयमित रहनु होला । बोलीमा तिक्तता देखा पर्ने भएकाले संयमित रहनु नै उपयुक्त हुने देखिन्छ ।

वृश्चिक
शितल प्रकृतिको व्यक्तित्व बन्ने छ । परिवारमा सुमधुरता छाउने छ । पेशागत जीवन स्थिर हुने छ । भाग्यको साथका कारण धन सम्पत्तिमा बृद्धि हुन पुग्ने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने हुँदा यस विषयमा ध्या नदिनु होला । मनमा निराशाका भावहरु बढि आउने छन् ।

धनु
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु चाल्नु उपयुक्त हुने छ । मृदुभाषीपनाका कारण मनमा लागेका उदासिताका विषयहरु पनि अरुलाई साझा गर्ने भन्दा मन भित्र भित्रै गम्साएर बस्ने व्यक्तित्व हुने छ । जीवनसाथिको साथमा काम गरेमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् ।

मकर
दृढताले भरिएको व्यक्तित्व बन्न जाने छ । पेशागत जीवनमा जबर्जस्ती अघि बढ्नु पर्ने समय सक्रिय रहेकाले नडराई पाइला चाल्नु पर्ने हुन सक्छ । आम्दानीमा कमि आउने छ । साझेदारीमा गरिएका काममा कठिनाईहरुको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । जीवनसाथिलाई छोडेर विदेश यात्रामा जानु पर्ने अवस्था आउने छ ।

कुम्भ
पेशागत जीवनमा संयमित भई कदमहरु चाल्नु पर्ने समय रहेको छ । आम्दानीमा केन्द्रीत हुन खोज्दा खोज्दै पनि यस विषयमा द्वन्दको सामना गर्नु पर्ने देखिन्छ । पेशागत जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने भएकाले संयमित रहनु होला । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दको अवस्था आउने छ ।

मीन
आम्दानीमा केही बृद्धि हु जाने छ । भित्रि बुद्धिको सक्रियताका कारण पेशागत जीवनमा केही मद्धत मिल्ने भएता पनि पेशागत जीवन जोखिमयुक्त नै रहने भएकाले संयमित रहनु होला । भाग्यहिनताको आभाष मनमा भइरहने छ । आफुलाई असफलताको डरले धेरै सताउँदा मनमा डर लागि रहने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया