शुक्रबार, वैशाख ७, २०८१

माधव पक्षले बुझायो ओलीलाई स्पष्टीकरण : ‘तपाईंको यो काम कसरी विधानसम्मत हुनसक्छ ?’ (पूर्णपाठसहित)

मेरोन्यूज २०७८ साउन ७ गते १८:११

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

माधव नेपाल पक्षका सांसद मेटमणि चौधरीले नेताहरुले स्पष्टीकरणको छुट्टाछुट्टै जवाफ दिएको बताए ।

चौधरीले आफुले भने ६ बुँदे जवाफ दिएका छन् ।‘ पार्टी र दलको निर्णयविना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीत कुरा हो । त्यसको विरोधस्वरुप विभिन्न क्रियाकलाप भएका हुन्, जसलाई विधान विपरीत भन्न मिल्दैन ’नेता नेपालले भनेका छन् ।
जेठ ७ मा फेरि प्रतिनिधिसभा विघटन गर्नु ५ पुसकै निरन्तरता भएको निष्कर्षसहित आफूहरु संसद पुनर्स्थापना र वैकल्पिक सरकार निर्माणमा लागेको उनले बताए ।

प्रतिक्रिया