शुक्रबार, चैत १६, २०८०

थप २,७१४ जनामा कोरोना पुष्टि, १,२८८ जना निको भए

मेरोन्यूज २०७८ साउन ७ गते १६:५२

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७ १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ जनाको पीसीआर बिधिबाट र ३ हजार ७ सय ७ जनाको एन्टीजेन विधिबाट गरी कुल १२ हजार ८ सय २९ जनाको कोभिड १९ परीक्षण हुदाँ २ हजार ७१४ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा २४ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी १ हजार २८८ जना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७५१ जना थपिएका छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६३५ र भेन्टीलेटरमा १७२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ , ललितपुर, भक्तपुर, मोरंङ, सुनसरी, झापा, चितवन, कास्की, रुपन्देही र नवलपरासी गरी १० वटा छन् भने २४ जिल्लामा २ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

प्रतिक्रिया