शुक्रबार, वैशाख १४, २०८१

विभेदमाथिको आक्रोश (तस्बिरसहित)

जुली गिरी २०७८ साउन ७ गते १६:२३

काठमाडौं । हरेक क्षेत्रमा हुने विभेदविरुद्ध ‘प्रतिरोध जनाधिकार आन्दोलन समूह’ले विरोध प्रदर्शन गरेको छ ।

उक्त समूहले बिहीबार माइतीघरमा भेला भएर विभिन्न जात, लिङ्ग, वर्ण आदिमा हुने विभेदविरुद्ध प्रदर्शन गरेको छ ।

कार्यक्रममा विभिन्न कवि, गायकलगायतको उपस्थिति भएको थियो भने उनीहरूले कविता वाचन,गीतसहित नाकट प्रदर्शन गरेका थिए ।

उक्त प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वर पुगेर टुङ्गिएको थियो ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया