बुधबार, वैशाख १२, २०८१

साताको अन्तिम दिन नेप्सेमा सुधार

मेरोन्यूज २०७८ साउन ७ गते १६:०५


काठमाडौं । कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार शेयर कारोबार मापक नेप्से परिसुचक १८ दशमलब ७५ अंकले बढेर ३ हजार ४ दशमलब ३१ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ६३ प्रतिशतले धेरै हो ।

यो साता (हिजो) बुधबार ईदपर्वको सार्वजनिक बिदा हुँदा ४ दिन मात्र कारोबार भएको बजार परिसुचकमा कूल कूल २ सय २२ कम्पनीको १ लाख १४ हजार ७ सय ७२ कारोबारबाट ११ अर्ब ११ करोड ४१ लख २१ हजार ६ सय १६ रुपैयाँ बराबरका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

स्टक एक्सचेञ्जका अनुसार साताको अन्तिम दिन नेप्से बढ्दा ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट देखिएका छन् । सकारात्मक सर्किट देखिनेमा नगाडी गु्रप पावर, सीइडीबी हाइड्रो डेभलपमेन्ट कम्पनी, पोखरा फाइनान्स र माउण्टेन हाइड्रो नेपाल कम्पनी रहेको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।

लगानीकर्ताको आकर्षण म्यूचुअल फण्डमा आकर्षणको हरियो रंगले पाइला चालेको छ । कूल १ सय २० वटा कम्पनीको शेयर मूल्य बढ्दा ९२ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै ९ वटा कम्पनीको र मूल्य स्थिर छ ।

प्रतिक्रिया