बिहीबार, वैशाख १३, २०८१

खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

मेरोन्यूज २०७८ साउन ७ गते १५:२१

काठमाडौं । पछिल्लो एक हप्ता यता कोरोना संक्रमण दर फेरि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै अक्सिजन र शय्या तयारी अवस्थामा राख्न समेत मन्त्रालयले अस्पतालहरुलाई आग्रह गरेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार खोप केन्द्रहरुमा हुने भिडले पनि संक्रमणको जोखिम बढाएको छ ।

त्यसैले मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह डा. अधिकारीले आग्रह गरे ।

प्रतिक्रिया