बिहीबार, चैत १५, २०८०

एमाले एकताका लागि ओलीको फेरि अपिल : आममाफी भयो,आउनुस् एकजुट भएर जाऔं

एमाले लौकाको चिचिलो होइन, कसैले औला ताक्केपनि कठिनाईहरु झेल्न यसले जानेको छ

मेरोन्यूज २०७८ साउन ७ गते १५:५९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै विद्रोह गरिरहेका असन्तुष्ट नेता माधव नेपाल पक्षलाई एकतावद्ध भएर आन्दोलन र पार्टी वचाएर जान फेरि पनि सार्वजनिक आह्रवान गरेका छन् । अन्य दिनका झै नेपालप्रति चर्काे आलोचना नगरी ओलीले वाटो विराएका, भडकिएकाहरुलाई मिलेर जान र आन्दोलन वचाएर जान अपिल गरेका हुन् ।

आफ्नै पार्टीको सरकार ढाल्ने र आन्दोलन माथी नै ठूलो धक्का लाग्ने काम पार्टीभित्रकै नेताहरुले गरेको भन्दै ओलीले तैपनि आन्दोलन र पार्टी वचाएर जान एकतावद्ध भएर जानअपिल गरेका हुन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गदै ओलीले त्यस्तो बताएका हुन् ।

‘को-काहा छन् भन्ने छोडेर पार्टीको कुरा गरौं । पुष्पलाल स्मृति दिवसको अवसरमा म वाटो विराएका, भडकिएका साथीहरुलाई पनि भन्छु –आउनुस् मिलेर काम गरौं, म आग्रह गर्छु । यस आन्दोलनलाई मजवुत पारौं । म आग्रह सवैलाई गर्छु– एकजुट भएर जाऔ. ।’ ओलीले भने,–‘यद्यपी यस आन्दोलनले ठूलो धक्का ब्यहोरेको छ, आफ्नै केहीका कारण । तै पनि एम्नेष्टि इज ग्रान्टेड । म भन्छु –आउनस फेरि एकजुट भएर जाऔं ।’

ओलीले नेपाल पक्षका नेताहरुको नाम उल्लेख नगरी एकताको आह्रवान गरेका हुन् । नेपाल पक्षका २२ सांसदलाई कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिएकोमा केन्द्रीय समिति बैठक राखेर २४ घण्टे स्पष्टिकरण सोधेका ओलीले आज अघिपछिका भन्दा नरम स्वरमा एकताको अपिल गरेका हुन् ।

Advertisement


सर्वाेच्च अदालतले जनादेश प्राप्त प्रधानमन्त्रीलाई हटाएर परमादेशका आधारमा प्रधानमन्त्री नियुक्त गरेकोमा भने ओलीको असन्तुष्टि उस्तै थियो । ‘अदालतको पैसलालाई विश्वास गर्नेपर्छ, जे गरेपनि विश्वास गर्नुपर्छ भन्ने होइन, आजको जमनामा संविधान जसले पनि पढ्न जान्छ । ०५९ सालमा गरेको फैसला पनि जनताले देखेको छ । राजनीतिमा अदालत पस्दैन भन्ने फैसला पढेको छ, अहिले राजनीतिक दलले ह्वीप लगाउन नपाउने रे, मेरो विश्वास छ, सर्वाेच्चले विश्वासको वातावरण बनाओस, जनताको विश्वास खस्काउने काम नगरोस्’ ओलीले भने ।

‘एमाले लौकाको चिचिलो होइन, कसैले औला ताक्दैमा कठिनाईहरु यसले झेल्न जानेको छ,’ ओलीले भने–‘कसैले अध्यक्षको पगरी, दलको नेताको पगरी समेत विगतमा लाए । यो कुरा मलाई २०२९ सालमा पनि भएको थियो । ’

सरकार बनेको दिन देखि ढाल्ने कोसिस भइरहेको र ढेड वर्ष पछि निरन्तर ठोस प्रयास गरेको भन्दै ओलीले दुनियाँ लाग्दा पनि कसैले वरपर सार्न नसकेपछि जनादेशवाट होइन परमादेशवाट सरकारलाई ढालिएको बताए ।

एमाले जसो भएपनि प्रमुख पार्टी भएको ओलीले वताए । संसदमा (प्रतिनिधीसभा, राष्ट्रिय सभा), स्थानिय तह, प्रदेश हरुमा सवैभन्दा ठूलो दल एमाले भएको ओलीले बताए । प्रदेश २ वाहेक सवैमा एमालेको अरुसाग तुलनै नहुने ओलीले वताए ।

एमाले देशकै नेता पार्टी भएको ओलीको जिकिर थियो ।

नेतृत्वलाई जहिल्यै पनि प्रहार भईरहेको ओलीले बताए । आफ्नै भित्रवाट घेरावन्दी गर्ने, वदनाम गर्ने काम हिजो देखि नै भईरहेको ओलीले बताए । आजको नेकपा एमालेले अव त्यसप्रकारको लिडरसिपमाथी प्रहारको श्रृंखलालाई अन्त्य गर्ने ओलीले बताए।

उनले कम्युनिष्ट पार्टीलाइ एकतावद्ध बनाएपनि फेरि केही फुटको वाटोमा गएको आरोप लगाए । तर त्यसरी फुटको बाटोमा गएकाहरु आफै पतन हुने ओलीको भनाई थियो ।

सिद्दार्थ गौतमका विरोधीहरु गौतम वुद्दकै नाम लिएर हिडन थालेको र माक्र्सका विचारका विरोधीहरु माक्र्सकै विचारको अपब्याख्या गर्न थालेको भन्दै ओलीले मदन भण्डारीको विचारलाई पनि भोलिका दिनमा मदन भण्डारी अध्ययन केन्द्र जस्ता विभिन्न सस्था खोलेर वितृष्णा पैदा गराउने कोसिस भईरहेको बताए ।

माधव नेपाल समुहका नेताहरुले मदन भण्डारी अध्ययन केन्द्र खोलेर गरिरहेको क्रियाकलापप्रति ओलीको कटाक्ष थियो । पुष्पलालले सोचेको, रोपेको विचारलाई एमालेले मर्न नदिने उनको भनाई थियो । जाहा जाहा नेपाली छन्, त्यहाँ एमाले पुग्ने ओलीले बताउँदै आन्दोलन मर्न नदिने वताए ।
‘यो आन्दोलन कर्कलाको पातको पानी जस्तो होइन, कसैले हल्लाउँदैमा खसेर सिद्धिने,’ ओलीले भने,–यो आन्दोलन संर्घषको मैदानवाट उभिएर वनाएको आन्दोलन हो। पुष्पलाल, मदन भण्डारीजस्ता महान् विचारवाट प्रशिक्षित भएर जोगिएको आन्दोलन हो ।’

उनले स्वार्थगठजोडहरुको आन्दोलन कम्युनिष्ट आन्दोलन भएको भन्दै नेपालको लोकतान्त्रिक आन्दोलनको मूलधार एमाले भएको जिकिर गरे ।

‘आज फेरि एउटा प्रतिगमन भएको छ । कम्युनिष्ट आन्दोलन मुल धार एमालेको धार हो, एमालेले जे भनेको छ, त्यही कम्युनिष्टको नीति हो, त्यो भन्दा उच्च कही पनि जान सक्दैन’ ओलीले भने । पुष्पलाललाई पार्टीभित्रै सिध्याउन खुद्रा मसिना कुरामा विवाद निम्ताउन खोजेको ओलीले बताए । पार्टीको केन्द्रीय कार्यालय काठमाडौंमा हुनुहुदैन भनेर समेत पाल्पाको रामपुरतिर राख्नुपर्छ वीच भागमा हुने गरी भनेजसरी पनि विवादमा ल्याउन खोजेको ओलीले बताए ।

भारतमा रहेकै बेला २०३५ सालमा निधन भएका पुष्पलालको शव उनका आफन्तले काठमाडौं ल्याउँछु भन्दा पनि ल्याउन नदिएको स्मरण गदै ओलीले जसले देशको सार्वभौमसत्ता, देशभक्तिपूर्ण आन्दोलन र जनताको दुखकष्ट समाधान गरेर एउटा समृद्ध आधुनिक नेपाल निर्माण गर्ने सपना बोकेका थिए उसैको शव ल्याउन नदिएर त्यसवेलाको शासकले तानाशाही चरित्र देखाएको बताए । ‘शव सम्म ल्याउन नदिँदा कहाँसम्मको निष्ठुर हुन्छ, तानाशाही हुन्छ भन्ने त्यसको पुष्टि त्यसवेलाका शासकहरुले देखाएको थियो,’ ओलीले भने ।

नेपालमा कम्युनिष्ट नामको सस्था पुष्पलालले स्थापना गरेको भन्दै ओलीले २००३ सालमा ‘लाल कम्युनिष्ट’ भनेर गंगालाल श्रेष्ठहरुले स्थापना गरेपनि सस्थागत रुपमा त्यसले आकार नलिएको ओलीले स्मरण गरे ।

लोकतनत्र भनेको सामान्तवादसाग सम्झौता गर्ने तनत्र नभएको भन्दै ओलीले त्यसवेला कांग्रेसले राजासहितको प्रजातनत्रको कुरा गरेर काग्रेस अरु भन्दा ‘एडभान्स’ देखिएपनि उसले सम्वैधानिक राजतन्त्रलाई आर्दश बनाएको बताए । अहिले पनि काग्रेसमा त्यसका लागि विवाद कायमै रहेको पनि ओलीले आरोप लगाए ।

२००७ सालमा पनि गईसकेको राजालाई दिल्लीको रोहबरमा राजा राजै रहने, श्री ३ मोहन सम्शेर प्रधानमन्त्री नै रह्ने र विपि कोइराला गृहमन्त्री रहने गरी डोकामा राजतन्त्र बोकेर कांग्रेस आएको ओलीले बताए ।

पुष्पलालले नयाँ पृथक आमुल परिवर्तनकारी विचार वोकेर आएको ओलीको भनाई थियो । काग्रेसको ००७ सालदेखि आजसम्मको नीति देश बनाउन तयार रहेको शक्तिसँग सहकार्य नगर्ने तर लोकतन्त्र विरोधी प्रतिगमनकारी शक्तिहरुसाग सहकार्य गर्ने नीति यथावत रहेको ओलीले बताए ।

पुष्पलाल एउटा विचारको नेता, गन्तब्य, आर्दश तोकेर लक्ष्यमा पुगन खोजने नेता भएको पनि ओलीले स्मरण गरे ।
क्षणिक लाभ, इस्याका निम्क्ति पुष्पलालले कसैसाग सम्झौता नगरेको ओलीको भनाई थियो ।

प्रतिक्रिया