शनिबार, वैशाख ८, २०८१

नोबेल अस्पतालले पायो मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने अनुमति

मेरोन्यूज २०७८ साउन ७ गते १४:२९

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । प्रदेश नं १ मा पहिलो पटक नोबेलले मिर्गौला प्रत्यारोपण सेवाको तयारी थालेको हो । नोवेलले स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयबाट मिर्गौला प्रत्यारोपणका लागि अनुमतिसमेत लिइसकेको छ ।

मिर्गौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोवेललाई अनुमति प्रदान गरिएको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले जनाएको छ ।नोबेल अस्पतालका मिर्गौला रोग विशेषज्ञ तथा मिर्गौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रतिक्रिया