शनिबार, वैशाख १५, २०८१

सुनको मूल्यमा थप ७ सय घट्यो

मेरोन्यूज २०७८ साउन ७ गते १२:२९

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य थप ७ सय रुपैयाँ घटेको छ । गत बुधबार तोलामा ७ सय रुपैयाँ नै घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार ९१ हजार ८ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम गरेको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने एक हजार २७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया