शुक्रबार, चैत १६, २०८०

चितवनमा युवाको शव भेटियो, गोली प्रहारको आशंका

मेरोन्यूज २०७८ साउन ७ गते ११:२६

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका १७ स्थित बनगाई डेरी चोक नजिकै एक युवाको शव भेटिएको छ । शंकास्पद अवस्थामा करिब ३० वर्षीय युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।

डेरी चोकबाट दक्षिणतर्फ शारदानगर जाने बाटो नजिकै घोलमा युवाको शव फेला परेको हो । मृतकको पहिचान भएको छैन ।

प्रहरीले युवाको टाउकोमा गोली लागेको जस्तो देखिएको बताएको छ । युवाको शव नजिकै एक थान गोलीको खोकासमेत भेटिएको डिएसपी थापाले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया