बिहीबार, वैशाख १३, २०८१

मेलम्चीका बाढीपीडितलाई आर्थिक सहयोग

मेरोन्यूज २०७८ साउन ६ गते २०:३६

सिन्धुपाल्चोक । मेलम्चीका बाढीपहिरो पीडितलाई टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले रु १८ लाख ३६ हजार १०५ नगद सहयोग गरेका छन् । उनले उक्त रकम मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई आज हस्तान्तरण गरे ।

उक्त रकम गत असार १ गते आएको बाढीका कारण मेलम्ची नपामा पूर्णरूपमा क्षति भएकामध्येका पनि अतिप्रभावित कमल श्रेष्ठ, ङयन्द्र प्र दुलाल हीराकाजी श्रेष्ठ, रामजी श्रेष्ठ र मछिन्द्र श्रेष्ठलाई रु, तीन लाख ६७ हजारका दरले घर निर्माणका लागि प्रदान गरिएको अध्यक्ष कृष्ण कँडेलले जानकारी दिए ।

सो अवसरमा कँडेलले रेडियो मेलम्चीलाई रु ५० हजार प्रदान गरेका छन् । स्विडेनमा रहेका हेलम्बु गाउँपालिका–६ निवासी कृष्ण केसीको नेतृत्वमा सङ्कलन गरिएको रु १५ हजारसहित रु ५० हजार कँडेलले रेडियोका अध्यक्ष डम्बर रसिक भारतीलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया