शुक्रबार, चैत १६, २०८०

कांग्रेस सांसद सिंहले दिए राजीनामा

मेरोन्यूज २०७८ साउन ६ गते १७:४७

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महाधिवेशन नकिँदै गर्दा क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध भएको जस्ता कारण देखाएर उनले पदबाट राजीनामा दिएका हुन् ।

सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा विजयी भएका थिए । सर्लाहीमा अन्य पार्टीबाट आएकाहरूलाई समायोजनका नाममा धेरै क्रियाशील सदस्यता दिएको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया