बिहीबार, वैशाख १३, २०८१

चितुवाको छालासहित २ जना पक्राउ

मेरोन्यूज २०७८ साउन ६ गते १५:५७

काठमाडौँ । बुधबार बिहान घोराही उपमहानगरपालिका ३ गोग्लीबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जाजरकोटको भेरी नगरपालिका ९ का ३२ वर्षीय रामबहादुर दमाई र रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० चौखाबाङका ४५ वर्षीय पूर्ण सिंह सुनारलाई पक्राउ गरेको हो ।

बोराभित्र संरक्षित वन्यजन्तु चितुवाको छालासहित दुई जना हिँडिरहेको सूचनाका आधारमा प्रहरी खटिएको थियो । प्रहरीले उनीहरूमाथि जाँच गर्दा छाला फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

प्रहरीले ५ फिट २ इञ्च लम्बाई र छातीको भागको चौडाई १ फिट ४ इञ्चको चितुवाको छाला बरामद गरेको हो । यद्यपि, स्रोतले उनीहरूलाई मंगलबार राति बाँकेको राप्ती सोनारी गाउँपालिकाको रिक्टा क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया