शुक्रबार, वैशाख १४, २०८१

एसइईको नतिजा प्रकाशन नहुँदै भर्ना नगर्न निर्देशन

मेरोन्यूज २०७८ साउन ६ गते १४:४०

काठमाडौँ । नतिजा प्रकाशन नहुँदै विद्यार्थीको कक्षा ११ मा भर्ना लिने विद्यालयहरूलाई भर्ना रोक्न निर्देशन दिएको छ । भरतपुर महानगरपालिकाले कक्षा ११ को भर्ना लिने सबै विद्यालयहरूलाई भर्ना रोक्न निर्देशन दिएको हो ।

नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा नआउँदै भर्ना लिने विद्यालयहरूलाई भर्ना रोक्न निर्देशन दिएको जानकारी दिए ।

‘एसइई नतिजा सार्वजनिक हुनुपूर्व नै कक्षा ११ मा विद्यार्थी भर्ना सुरु गरेको गुनासो आएको हुँदा सबै विद्यालयहरूलाई नतिजा प्रकाशन नभई भर्नाको कार्य नगर्न नगराउन हुन सूचना गरिएको छ,’ उनीद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘अन्यथा कानुनबमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

प्रतिक्रिया