शुक्रबार, चैत १६, २०८०

योजना आयोगको उपाध्यक्षका लागि को-को छन् दौडधुपमा ?

मेरोन्यूज २०७८ साउन ६ गते १३:४०

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्तिका लागि चार जनाको दौडधुप सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगमा उपाध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि तयारी थालेसँगै दावेदारले राजनीतिक भेटघाट र छलफल तीव्र पारेका छन् ।
आयोगमा एक उपाध्यक्ष र ६ जना सदस्य हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको हुन्छ ।

अहिले चार जना सम्भावित उपाध्यक्षका रुपमा डा. शंकर शर्मा, डा. प्रभु बुढाथोकी, डा. तिलक रावल र विश्व पौडेलको चर्चा छ । बुढाथोकी योजना आयोगका पूर्वसदस्य समेत हुन । उनी देउवा निकट मानिने भएकाले पनि उनको दावेदारी बलियो रहेको स्रोत बताउँछ । त्यसैगरी, डा. शर्मा यसअघि नै योजना आयोग सम्हालिसकेका र आयोगको उपाध्यक्षमा सबैभन्दा बलियो दाबेदारका रुपमा हेरिएको छ । डा. रावल राष्ट्र बैंकका पूर्वगभर्नर समेत हुन् । उनी पोलिमर नोट छपाइ प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका हु्न् ।

यसैगरी, बुढाथोकी योजना आयोगका पूर्वसदस्य हुन् । उनी देउवा निकट मानिने भएकाले उनको दावेदारी पनि बलियो रहेको मानिन्छ । डा. पौडेल भने युवा अर्थशास्त्री हुन् । आयोगमा एक उपाध्यक्ष र ६ जना सदस्य हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको हुन्छ । बजेट निर्माण, बजेट कार्यान्वयनको अनुगमन र आवधिक योजनाहरु निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरुलाई शक्तिशाली मानिन्छ ।

आयोगमा अहिले डा पुष्पराज कँडेल उपाध्यक्ष छन् । उनले उपाध्यक्ष पदवाट राजीनामा दिईसकेका छैनन । उनी एमालेका आमन्त्रित स्थायी समितिका सदस्य समेत थिए ।

बजेट निर्माण र बजेट कार्यान्वयनको अनुगमन, योजना निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरुलाई शक्तिशाली मानिन्छ । व्यक्तिगत रुपमा आफ्नो प्राज्ञिक क्षमता प्रस्तुत गर्ने र व्यक्तित्व उचो बनाउने थलो भएकाले पनि योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ति लिन खोज्नेहरु धेरै हुन्छन् ।

Advertisement

प्रतिक्रिया