शुक्रबार, वैशाख ७, २०८१

आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

ज्यो. दिवाकर पन्त २०७८ साउन ६ गते ६:१९

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको छ गते बुधबार, आषाढ शुक्लपक्षको द्वादशी तिथि । अब लागौं आजको राशिफलतर्फ ।

मेष
पेशाप्रतिको समर्पण र केन्द्रीत भई कार्य गर्न मन लाग्ने छ जसले गर्दा आफ्नो पेशागत जिम्मेवारी राम्रोसँग निभाउन जोश आउने छ । आम्दानीमा केही बृद्धि हुने छ । मनमा उदासिनता धेरै देखा पर्ने छ । स–साना विषयमा पनि तनावको मात्रा बढ्न पुग्ने छ ।

वृष
पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्या देखा पर्ने छ । बोली प्रभावकारी हुने छ । दाम्पत्य जीवनमा भने कटुताको अवस्था देखा पर्न पुग्ने छ । अनावश्यक रुपमा रिसको मात्रा धेरै देखा पर्ने भएकाले यसलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोला ।

मिथुन
पेशागत जीवन औसत रहने छ । व्यवस्थापकीय क्षमतामा भने केही बृद्धि हुने छ । आन्तरिक रुपमा चतुर व्यक्तित्व बनेता पनि मनमा भने दुविधाका श्रृङ्खला अविच्छिन्न देखा पर्ने छ । धन सम्पत्ति नोक्सानी तर्फ जाने अवस्था देखिएकाले संयमित रहनु उपयुक्त हुने छ ।

कर्कट
पेशागत जीवनमा संयमित रहेर पाइला चाल्नु पर्ने देखिन्छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई सम्हालन मद्धत पुग्ने छ । अध्ययन अध्यापन प्रति निराशा आउने छ । सन्तान सुखको पनि अभाव हुने छ । मनोबलमा कमि आउने हुँदा कामहरु सम्पन्न गर्नका लागि अवरोधहरु आउने छन् ।

सिंह
पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरतालाई जोड दिनु उपयुक्त हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । व्यक्तित्वमा केही ह्रास देखा पर्ने भएता पनि बोलीको प्रभावले गर्दा केही लाभ भने प्राप्त हुने देखिन्छ । सुख सुविधाका विषयहरु जस्तै घर घडेरी, वाहन जस्ता विषयमा द्वन्द देखा पर्ने छ ।

कन्या
पेशागत जीवनमा स्थिरता आउने छ । प्रभावकारी बोलीका कारण पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुन पुग्ने छन् । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने हुँदा प्राप्त जिम्मेवारीमा सफलता हात पर्ने छ । आम्दानीका विषयमा द्वन्द र उल्झनहरुको सामना गर्नु पर्ने छ । यात्रामा अवरोधहरु देखा पर्ने छ ।

तुला
बौद्धिकताको स्तरमा बृद्धि हुने छ । बोलीमा तिक्तता देखा पर्ने भएकाले संयमित रहनुहोला, अन्यथा कटु बोलीका कारण बन्ने क्रममा रहेका कामहरुमा बाधा आउने छन् ।आम्दानीमा बृद्धि हुने छ तर पेशागत जीवनमा भने द्वन्दात्मक वातावरणको सामना गर्नु पर्ने भएकाले संयमित रहनु उत्तम हुने छ ।

वृश्चिक
व्यवस्थापकीय खुवीमा पनि गिरावट देखा पर्ने भएकाले धेरै जोखिमका कामहरु धेरै अघि बढाउने समय रहेको देखिँदैन् । पेशागत जीवन स्थिर हुने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । बोलीको प्रभावकारीतामा भने ह्रास आउने छ । मनमा निराशाका भावनाहरु बढि आउने छन् । मनलाई शान्त राख्ने प्रयास गर्नुहोला ।

धनु
पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु चाल्नु उपयुक्त हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । मनोबल कमजोर भएको व्यक्तित्व बन्ने छ, जसले गर्दा धेरै जोखिमका कार्यहरु भन्दा औसत कदम चाल्नु कम जोखिमपूर्ण बन्ने छ । मनमा दुविधा र अन्योलले सताउने छ ।

मकर
पेशागत जीवनमा जुधरेर अघि बढ्नु पर्ने समय सक्रिय रहेकाले नडराई आफ्ना विषयमा अघि बढ्नु पर्ने हुन सक्छ । साझेदारीमा गरिएका काममा कठिनाईहरुको सामना गर्नु पर्ने छ । आम्दानीमा गिरावट आउने छ । दृढताले भरिएको व्यक्तित्व भने हुने छ ।

कुम्भ
बौद्धिक कोटिको व्यक्तित्व हुने छ । पेशागत जीवनमा संयमित भई कदमहरु चाल्नु पर्ने देखिन्छ । पेशागत जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने छन् । जसले गर्दा मनमा अन्योलताको मात्रा पनि बढाउने छ । साझेदारीमा गरिएका कामहरुमा पनि समस्याहरुको सामना गर्नु पर्ने छ ।

मीन
पेशागत जीवनमा जोखिमका क्रमहरु बढ्न पुग्ने छ । अपमान सहनु पर्ने समय देखिएकाले धैर्य भएर अघि बढ्न खोज्न होला । भाग्यहिनताको आभाष मनमा भइरहने छ । जसले गर्दा कार्य थालनी गर्नु अघि नै असफल हुन्छु कि भन्ने विचार मनमा देखा पर्न जाने छ । आम्दानीमा भने केही बृद्धि हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया