शुक्रबार, चैत १६, २०८०

प्रचण्ड पत्नीलाई हाैसला दिन खुमलटार पुगे प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७८ साउन ५ गते २१:१९

काठमाडाैं । गम्भीर बिरामी परेकी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई हाैसला दिन प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

देउवा आज अपराह्न खुमलटार पुगेर सीताकाे स्वास्थ्यवस्थाकाे जानकारी लिएका हुन् । गम्भीर अवस्थामा रहेकी सीतालाई उनले सञ्चै हुनुहुन्छ भनेर साेधे । तर सीताले शेरबहादुरलाई ठम्याउन नसिकनन् ।

सीताले शेरबहादुरलाई नचिनेपछि प्रचण्ड स्वयम्ले प्रधानमन्त्री शेरबहादुर देउवा भनेर सम्झाएका थिए । प्रचण्ड पत्नी सीता प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छिन् । यसअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (बिप्लव)ले पनि सीतालाई भेटेका थिए ।

युद्धमा रहँदा लामाे समयसँगै रहेपनि सीताले विप्लवलाई चिन्न सकेकी थिइनन् ।

Advertisement

प्रतिक्रिया