शुक्रबार, वैशाख ७, २०८१

कैलाली प्रहरी कार्यालयका एसपी अधिकारी सहित १३ प्रहरी पुरस्कृत

मेरोन्यूज २०७८ साउन ५ गते १९:२०

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी सहित १३ प्रहरी पुरस्कृत भएका छन् ।

कैलाली टिकापुर नगरपालिका वडा नं १ वस्ने साढे ३ बर्षको गोलु भन्ने बिवेक बिष्टको घटनामा सक्रियता पुर्वक परिचालित भई बच्चाको शव पत्ता लगाई प्रभावकारी अनुसन्धान गरेको भन्दै प्रदेश प्रहरी कार्यालय सुदुरपस्चिमले उनलाई नगद सहित पुरस्कार गरेको हो ।

उनले गोलू हत्या प्रकरणमा संलग्न अभियुक्तलाई पक्राउ गरी कानुनको दायरामा ल्याउनुको साथै संगठनको निती निर्देशन अनुरुप उच्च अनुशासनमा रहि त्रुटी रहित ढंगबाट कर्तव्यनिष्ठ भई उल्लेखनिय भुमिका निवार्ह गर्ने अधिकारीलाई लगनशिलता,अनुशासन,ईमान्दारी एवं उत्कृष्ठ कार्यको कदर स्वरुप सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेलले पुरस्कृत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार एसपी अधिकारीसँगै प्रदेश प्रहरी कार्यालयले उनको कमाण्डमा खटिएका प्रहरी निरिक्षक हिक्मत बहादुर बोहरा, प्रहरी हवलदार मदन बहादुर बोहरा,प्रहरी जवान ईन्द्र सिंह धामी र सुर्य बहादुर आउजी समेतलाई प्रदेश प्रहरी प्रमुख ज्यूबाट पुरस्कृत गरिएको हो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख विश्व अधिकारीलेप्रहरी नायव उपरीक्षक ९डिएसपी० प्रकाश सापकोटा, प्रहरी निरिक्षक लाल बहादुर ऐर, प्रहरी सहायक निरिक्षक अनिल शाह, निरिक्षक कृष्ण मल्ल, प्रहरी हवलदार गणेश बहादुर सेठ्ठी, प्रहरी जवान जयराम चुनारा, शिशिर शर्मा, नन्दराज भट्टलाई पुरस्कृत गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया