शुक्रबार, वैशाख ७, २०८१

‘पेगासस’द्दारा जासुसी गरिएको फरेन्सिक परिक्षणबाट पुष्टि : निशानामा परेका थिए भारतीय यी पत्रकार

मेरोन्यूज २०७८ साउन ६ गते ७:४३

नयाँ दिल्ली । भारतीय सञ्चार माध्यमसहित विश्वका ठूला सञ्चार गृहले विश्वभरका हजारौँ फोनहरुमा इजरायली सफ्टवयर कम्पनी पेगाससले जासुसी गर्दै आएको खुलासा गरेको छ । भारतीय समाचारमा जनाइएअनुसार पेगाससले सन् २०१७ देखि २०१९ को अवधिमा ४० जनाभन्दा बढी भारतीय पत्रकारमाथि जासुसी गर्दैै आएको छ ।

लिक भएको पेगाससको डाटाअनुसार भारतमा प्रधानमन्त्रीका आफन्तदेखि ठूला मिडिया हाउसका सम्पादकहरुमाथि पेगाससले निगरानी राख्दै आएको छ । पेगाससले हिन्दुस्तान टाइम्सका सम्पादक शिशिर गुप्ता, इण्डियन टुडे, द हिन्दुलगायत ठूला मिडियाका सम्पादकहरुलाई केन्द्रमा बनाएको छ । जसमा भारतीय सञ्चार माध्यम ‘द वायर’का सम्पादकसहित ३ जना पत्रकारमाथि समेत पेगाससले निगरानी राख्दै आएको छ ।

यस्तै, भारतीय गृह मन्त्री अमित शाहका छोरा जय शाह, प्रधानमन्त्री नरेन्द्र मोदीका आफन्तहरू, प्रभावशाली केन्द्रीय मन्त्री पियूष गोयल र व्यापारी अजय पिरामलसँगको सम्झौतामा समेत इजरायली जासुसी सफ्टवार कम्पनी पेगाससको निगरानी रहेको समाचारमा जनाइएको छ ।

एनएसओको दाबी
फ्रान्सको एक नन् प्रोफिक्ट सञ्चार संस्था फारविडेन तथा एमनेस्टी इन्टरनेशनलको अनुसन्धानअनुसार एनएसओसँग फोन नम्बर रेकर्ड थियो । उक्त फोन नम्बर समेटेर पेगासस प्रोजेक्ट नामको एक लामो दस्तावेज तयार पारिएको थियो । उक्त दस्तावेज भारतको द वायरसहित विश्वभरको १५ भन्दा बढी समाचार संस्थामार्फत सार्वजनिक भएको थियो । याद रहोस्, एनएसओ पेगासस जस्तो जासुसी गर्ने सफ्टवयर बनाउने कम्पनी हो ।

पेगाससको बारेमा अनुसन्धान गर्न द गार्जियन, द वाशिंगटन पोस्ट, द वायर, मोद जस्ता विश्वका चर्चित सञ्चार संस्थाहरु आबद्ध हुँदै आएको थियो । यी सञ्चार माध्यमहरूले १० देशका एक हजार ५७१ भन्दा बढी फोन नम्बर चलाउने व्यक्तिहरूको पहिचान गरेका थिए । उक्त व्यक्तिहरूमध्ये भारतका लागि नेपालका राजदूत निलम्बर आचार्यको फोनमा समेत निगरानी भएको पुष्टि भएको छ । यी नम्बरमा पेगाससको संलग्नताबारे अनुसन्धान गर्न फोरेन्सिक जाँचसमेत गरिएको थियो ।

पेगाससले गोप्य राखेको र ठूला सञ्चार माध्यमले सार्वजनिक गरेको फोन नम्बर मिल्न गएसँगै एनएसओले कडा खण्डन गरेको थियो । एनएसओले विभिन्न कारणवश ती नम्बरहरु आफूकहाँ आइपुगेको बताउँदै खण्डन गरेको हो । तर, एनएसओले गरेको खण्डनलाई पुष्टि गर्ने भर पर्दो आधार केही नभएको भारतीय सञ्चार माध्यम द वायरले जनाएको छ ।

समाचारमा जनाइएअनुसार पेगाससले निगरानी राखेको फोन नम्बर पूरै सूची प्राप्त गर्न सकेको छैन । तर, पेगाससको निगरानीमा परेको हिस्सा ठूलो हुन सक्ने अनुमान गरिएको छ । एनएसओले यी नम्बरहरूलाई कुनै न कुनै माध्यमबाट प्रयोग गरेको अनुसन्धानको दाबी रहेको छ ।

पेगाससको उद्देश्य

सन् २०१० मा स्थापना भएको एनएसओ ग्रुप पेगाससको अभिभावकको भूमिकामा रहेको थियो । पेगाससको एक यस्तो आकांक्षा थियो, जसले धेरै टाढा रहेको जो कसैको स्मार्टफोन ह्याक गर्नुका साथै त्यसमा भएको सबै डाटा संकलन गर्नु । आफूले प्राप्त गरेको निजी वा सरकारी कुनै पनि संस्थालाई संकलन भएको तथ्यांक नबेच्न पेगाससले बताउँदै आएको थियो ।

तर, एनएसओले यस विषयको पुष्टि गरेको छैन । भारत सरकार पेगाससको ग्राहक हो वा होइन ? पत्रकार तथा नेताका आफन्तहरूमाथि पेगासस हमला कसरी भयो ? यो प्रश्नको विषय हो । वा अन्य आधिकारिक एजेन्सीले सक्रिय रुपमा पेगाससको आकांक्षालाई पूरा गरिरहेको छ ? भन्ने विषयसमेत सार्वजनिक रुपमा आइरहेको छ ।

नरेन्द्र मोदी सरकारले स्पष्ट रुपमा पेगाससको प्रयोग अस्वीकार गर्दै आएको छ । तर, भारतका केही मानिसहरूलाई अवैध निगरानी गर्न पेगासस लागिपरेकाले शंका उत्तिकै छ ।

एमनेस्टी इन्टरनेशनलको सेक्युरेटी ल्यावद्वारा सार्वजनिक भएको सूचीमा केही देशका नागरिकको स्मार्ट फोनको फरेन्सिक विश्लेषण गर्दा आधाभन्दा बढीमा पेगाससको नियन्त्रण रहेको पत्ता लागेको थियो ।

पत्रकारमाथि नजर

सिद्धार्थ वरदराजन, स्वाति चतुर्वेदी, रोहिणी सिंह, एमके वेणु

पेगाससको सूचीमा रहेकामध्ये अधिक मात्रामा पत्रकार रहेका छन् । यसमध्ये भारतको राजधानी दिल्लीमा कार्यरत पत्रकार धेरै रहेका छन् । जसमा पेगाससको मुख्य लक्ष्य हिन्दुस्तान टाइम्समा कार्यरत ४ जनासहित एक पूर्व कर्मचारीमाथि कडा निगरानी राख्दै आएको समाचारमा जनाइएको छ ।

अन्य प्रमुख सञ्चार माध्यममा कार्यरत कम्तिमा एक जना पत्रकारमाथि समेत पेगाससले निगरानी राख्दै आएको पुष्टि भएको छ । जसमा इण्डियन एक्सप्रेसकी ऋतिका चोपडा, इण्डिया टुडेका सन्दीप उन्निथन, टिभी १८ का मनोज गुप्ता, द हिन्दुकी विजेता सिंहलगायत पत्रकारको फोनमा पेगाससले हमला गरेको थियो । भारतमा मात्रै पेगाससले कम्तिमा ४० भन्दा बढी पत्रकारमाथि हमला गरेको पुष्टि भएको छ ।

‘मेरो काम स्टोरी बनाउनु हो, खबर रोक्ने होइन, स्टोरी जसरी पनि जानु पर्दछ, तर तथ्यबिना कुनै औषधि चलाएको जस्तो चाहिँ नहोस्,’ द हिन्दुकी विजेता सिंहले भनिन्, ‘तर, हामीमाथि किन कसैले निगरानी राख्दै आएको छ ।’

पेगाससको निशाना

सन् २०१९ मा पहिलोपटक भारतका कन्नाडका एक नागरिक ल्याबमा यस एप्सको अनुसन्धान भएको थियो । यस एप्सको अनुसन्धान हुँदा पेगासस हमला भएको पुष्टि भएको थियो । यससँगै भारतका दर्जनौँ नागरिकलाई आफूमाथि पेगासस हमला भएको आशंका गरेका थिए । सुरुमा वास्टएप्सद्वारा पेगासस हमला भएको थियो ।
पत्रकारमाथि भएको पेगासस हमलामा सर्व प्रथम दुई जना परेका थिए । जसमा विदेश मन्त्रालयका पत्रकार सिद्धान्त सिब्बल र पूर्व लोकसभा सांसद तथा वरिष्ठ पत्रकार सन्तोष रहेका थिए ।

भारतमा जाँच भएको १३ वटा आइफोनमध्ये ९ वटामा पेगाससले निशाना बनाएको पुष्टि भएको छ । यस्तै, ९ वटा एन्ड्रोइड फोनमाथि भएको जाँचमा एउटा फोनमा पेगाससले आक्रमण गरेको पुष्टि भएको थियो । एन्ड्रोइड फोनमा पेगाससले विवरण प्रदान गर्न कठिन भएकाले कम मात्रामा निशाना बनाएको समाचारमा जनाइएको छ ।

भारतीय सञ्चार संस्था द वायरका अनुसार सर्वप्रथम सिब्बलमाथि पेगासस हमला भएको थियो । उनलाई सन् २०१९ मा हमला भएको हो । उनले आफ्नो फोनमा वास्ट्एपमार्फत हमला भएको बताएका थिए । उनले सार्वजनिक रुपमा आफूले पनि वास्ट्एपमार्फत सन्देश पठाएका थिए ।

अध्ययनका अनुसार पेगाससले मूल रुपमा पत्रकारमाथि हमला गर्दै आएको थियो ।

निगरानी राख्नु लज्जास्पद

सार्वजनिक भएको पेगाससमा समावेश फोन नम्बरमध्ये एक यस्तो पत्रकारको नम्बर थियो । जो सुविधा सम्पन्न शहरभन्दा धेरै टाढा बसेर काम गरिरहेका थिए ।

पञ्जावका प्रत्येक जिल्लामा पत्रकार भएको रोजाना पहरेदार पत्रिकाका सम्पादक हेरनमाथि समेत पेगाससको हमला भएको थियो । प्रदेशमा व्यापक पढिने यस पत्रिकाको कडा प्रभाव रहेको छ । पछि उक्त पत्रिका र सरकारी पक्षबीच ठूलो दुश्मनी बढ्न पुगेको थियो ।

हेरन र उनका अखवार

पहरेदारका सम्पादक हेरनले पत्रकारमाथि कुनै पनि किसिमबाट निगरानी राख्नु लज्जास्पद भएको बताएका छन् । उनले भने, ‘उनलाई यो थाहा छैन कि, उनको नेतृत्वमा देश जुन दिशामा जाँदै छ, त्यसको हामीले आलोचना गरौँ, फेरि हामीलाई चुप लगाउन कोशिस हुँदै छ ।’

लुधियानाबाट दक्षिण पूर्व १५ सय किलोमिटर टाढा एक पत्रकार भेटिए । उनीमाथि समेत एनएसओ ग्रुपले निगरानी राखेको भारतीय समाचार संस्थाले जनाएको छ । यी केही उदाहरण मात्रै हुन् । यसै गरी देशको दूर दराजमा बसेको सामान्य पत्रकारमाथि समेत पेगाससले निगरानी राख्दै आएको जनाइएको छ ।

एमनेस्टी इन्टरनेशनलको सेक्यरिटी ल्यावमा ७ जना पत्रकारको फोनमाथि डिजिटल फरेन्सिक जाँच गरिएको थियो । यसको नजितामाथि नागरिक ल्याबका विशेषज्ञाद्वारा परीक्षण गरिएको थियो । जबकि, विश्वविद्यालय अफ टोरन्टोका एक संस्थानद्वारा व्यापक मेथडोलोजीको समीक्षा गरिएको थियो ।

भारतीय पत्रकारमाथि हमलाको श्रृङ्खला

१, एसएनएम अब्दी : अप्रिल २०१९, मे २०१९, जुलाई २०१९, अक्टोबर २०१९ र डिसेम्बर २०१९ मा पेगाससद्वारा फोनमा हमला भएको थियो । एमनेस्टीले यसमाथि सत्य बनाउन सकेनन् ।

२, सुशान्त सिंह : मार्च २०२१ देखि जुलाई २०२१ सम्म पेगाससद्वारा निगरानी ।

३, परञ्जाय गुहा ठाकुरता : अप्रिल २०१८, मे २०१८, जुन २०१८ तथा जुलाई २०१८ मा पेगाससद्वारा निगरानी

४, एमके वेणु : एमनेस्टीको विश्लेषकका अनुसार जुन २०२१ देखि पेगाससको निशानामा ।

५, सिद्धार्थ वरदराजन : अप्रिल २०१८ मा केही दिन पेगाससद्वारा निशानामा ।

(द वायरवाट अनुवाद गरि प्रकाशित गरिएको सामाग्री)

प्रतिक्रिया