बिहीबार, वैशाख १३, २०८१

क्रिकेट गतिविधी गर्न आजिवन प्रतिबन्धमा परेका शिल्पाका श्रीमान पोर्न फिल्म बनाएको आरोपमा पक्राउ

३ दिन प्रहरी थानामा

मेरोन्यूज २०७८ साउन ५ गते १७:०३

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पोर्न फिल्म बनाएको र बेचेको आरोपमा पक्राउ परेका छन् । पोर्न फिल्ममा लगानी गरेर सामाजिक एप्समा बेचेको आरोपमा उनलाई मुम्बई प्रहरी अपराध शाखा पक्राउ गरेको हो ।


सेट्टीका श्रीमान पोर्न इन्डस्ट्रीमा १० करोडको लगानी गरेकाले ६ महिना अघि ऊनी विरुद्ध मुद्धा दर्ता भएको र अनुसन्धानद्धारा प्रमाण फेला परेकाले पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ । पोर्न चलचित्रको निर्माणमा सेट्टीका श्रीमान कुन्द्राको सम्बन्ध रहेको प्रमाण फेला परेकाले मुद्धा प्रकृयाका लागि ३ दिन थुनामा परेका हुन् ।

प्रहरी प्रहरी अपराध शाखाका अनुसार भारतको साइबर कानुनबाट बच्न राज र उनका ब्रिटेनमा बस्ने भाईले ब्रिटेनमै एक कम्पनी दर्ता गरी पोर्न चलचित्र भारतमा छायांकन गरेर अनलाइनको माध्यमबाट विदेशका विभिन्न एप्सहरुमा पठाइएको भारतिय सञ्चार माध्यम दी इकोनोमिक टाइम्सले जनाएको छ ।

सेट्टीका श्रीमान कुन्द्रा २०१५ मा क्रिकेटका सम्पुर्ण गतिविधी गर्नबाट आजिवन प्रतिबन्धमा परेका थिए । २०१५ मा राजस्थान रोयल्सकोे सह मालिकका रुपमा रहेका उनीमाथि म्याच फिक्सिङको आरोप लागेको थियो । पछि उक्त घटनामा उनी दोषी भेटिएपछि क्रिकेटका सम्पुर्ण गतिविधीबाट उनलाई आजिवन प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया