शुक्रबार, वैशाख ७, २०८१

गुरु गोरखनाथको पात्र देवता यात्रा सुरु (तस्बिरसहित)

जुली गिरी २०७८ साउन ५ गते १६:४५

काठमाडौं । आज हरिशयणी एकादशीको पुन्य तिथि बाट बाबा गोरक्ष पात्र देवता यात्रा सुरु भएको छ । आज पहिलो दिन मृगस्थली मा रहेको गुरु गोरखनाथ आश्रम बाट पात्र यात्रा सुरु भएको हो ।

मृगस्थलीबाट गोरक्ष पात्रलाइ एकमहिना सम्म बसन्तपुर दरबारमा रहेको पिरपाटी मा राखिने परम्परा रहिआएको छ । पिरपाटीमा रहेका गोरक्ष पात्रलाइ जनैपूणिर्मा को दिन पुग्ने गरि धार्मिक पोखरी गोसाइँकुण्ड लगिने छ ।

पात्रलाइ गोसाइँकुण्ड लगिदा पहिलो रात धुन्चे त्यसपछि चन्दनबारी र अन्त्यमा गोसाइँकुण्ड को स्नान एवम् दर्शन गराइ सोही मार्ग काठमाडौ ल्याइने र पिरपाटीमा राखिने छ ।


काठमाडौ ल्याइसकेपछी गोरक्ष पात्रलाइ माता दक्षिणकालीको दर्शन गराइ पिरपाटी मै राखी झम्केस्वरी रथयात्राको बिधिपुर्बक गुरु गोरखनाथको मन्दिरमा पात्रलाइ बिराजमान गराइसकेपछी बिधीबद रुपमा गोरक्ष पात्र देवता यात्रा समापन हुने परम्परा रहिआएको छ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया