बिहीबार, वैशाख १३, २०८१

महन्थद्वारा विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

मेरोन्यूज २०७८ साउन ५ गते १६:३३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ ।

आज एक विज्ञप्ति जारी गदै संविधान संशोधन, मधेश थरुहटसम्बन्धी मागहरु ,रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको जनाएका छन् ।

प्रतिक्रिया