बिहीबार, चैत १५, २०८०

प्रधानमन्त्री देउवा प्रचण्ड भेटन खुमलटार जाँदैं

बिहान बालुवाटार भेट गर्न पुगेका प्रचण्डलाई अहिले फेरि प्रधानमन्त्री देउवा आफै खुमलटार भेटन जान लागेका छन्

मेरोन्यूज २०७८ साउन ५ गते १६:३०

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भेटन खुमलटार स्थित निवास जाने भएका छन् । अहिले केही वेरमा प्रधानमन्त्री प्रचण्ड भेटन उनको निवास जान लागेको वालुवाटार स्रोतले बतायो ।

विहान मात्रै प्रचण्ड देउवालाई भेटन वालुवाटार पुगेका थिए ।

सत्ता गठवन्धन निर्माणका लागि सहयोगी बनेका एमालेका वरिष्ठ नेता माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलाई माधव नेपालको निवासमा भेटेर प्रचण्ड प्रधानमन्त्री भेटन वालुवाटार पुगेका थिए ।

त्यहाँ देउवासँग प्रचण्डले झण्डै ढेड घण्टा छलफल गरेर साढे १२ वजे वाहिरिएका थिए ।

अहिले फेरि देउवा प्रचण्ड निवासमै जान लागेका हुन् ।

Advertisement

देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै एमाले वरिष्ठ नेता माधव नेपालको निवासमा समेत पुगेर सरकारमा सहभागी हुन आइदिन आग्रह गरेका थिए ।

विहान देउवा प्रचण्ड भेटमा सरकार सञ्चालन , साझा नीति तथा कार्यक्रम लगायत मन्त्रीमण्डल विस्तारको भागवन्डाका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया