शुक्रबार, वैशाख १४, २०८१

एन्फाका तीन पदाधिकारीले दिए राजीनामा

मेरोन्यूज २०७८ साउन ५ गते १४:४३

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका होस्टेल ब्यवस्थापन समितीका ३ सदस्यले एकै पटक राजीनामा दिएका छन् ।

मंगलबार एन्फाका केन्द्रिय सदस्य दिनेश ब्यञ्जनकारको संयोजकत्वमा रहेको सो ३ सदस्सिय समितीले आफ्नो राजिनामा लगि महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका हुन् ।

समितिका ब्यञ्जनकारसहित थ्रीस्टारका अध्यक्ष तथा एन्फाका सहमहासचिव अरुणमान जोशी, सहायक कोषाध्यक्ष राजेन्द्र न्योपाने छन । सो समितीलाई एन्फाले एकेडेमी, खेल मैदान ब्यवस्थापन, फ्लर्ड लाइट लगायतको निर्माणको जिम्मा दिएको थियो ।

राजिनामा पत्रमा काम गर्ने बाताबरण नभएको भन्दै राजिनामा दिएको उल्लेख गरिएको छ । तर मंसिर २५ गते एन्फाले दोस्रो पटक उनीहरुलाई जिम्मेवारी सुम्पिएको थियो ।

प्रतिक्रिया