शनिबार, वैशाख ८, २०८१

मन्त्रीमण्डल विस्तारबारे देउवा र प्रचण्डवीच बालुवाटारमा छलफल

ओली सरकारले गरेका नियुक्ति खारेज गर्नेमा सहमति, सरकार सञ्चालन संन्यत्रबारे समेत छलफल

मेरोन्यूज २०७८ साउन ५ गते १३:१०

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले संसदवाट विश्वासको मत पाएसँगै सरकार विस्तारको तयारीमा लागेका छन् । प्रधानमन्त्री देउवा र सत्तासहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीमण्डल विस्तारबारे करिव दुई घण्टा छलफल भएको छ ।

छलफल सेकर केही वेर अगाडी मात्रै प्रचण्ड बालुवाटारवाट निवास फर्केका छन् । कोटेश्वरमा सत्ता गठवन्धनकै अर्का सहयात्री एमाले नेता माधव नेपालसँग भेट गरेर प्रचण्ड विहान पौने ११ बजे बालुवाटार पुगेका थिए । उनी एमाले अध्यक्ष ओलीसँग नेकपामै रहदा गत पुस ५ यता प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार छिरेका थिएनन ।

विहान कोटेश्वरमा एमाले बरिष्ठ नेता माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त भेटवार्ता गरेर प्रचण्ड बालुवाटार गएका थिए ।

देउवा २९ असारमा सर्वाेच्च अदाललते संसद पूर्नस्थापना पछि परमादेशका आधारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

त्यसपछि उनले सोही दिन माओवादी केन्द्र र आफ्नै पार्टी कांग्रेसका दुई दुई जनालाई मन्त्री नियुक्त गरेर मन्त्रिमण्डल विस्तार गरेका थिए । त्यसपछि उनले आइतबार संसदमा विश्वासको मत लिएका थिए ।

देउवाले प्रधानमन्त्री सहित आफनो पार्टीमा ८ मन्त्रालय राख्न चाहेका छन् । तर सत्ता गठवन्धनदललाई मिलाउन दवाव परेमा उनले एउटा मन्त्रालय छोडेर आफुसाग प्रधानमन्त्री सहित ८ मनत्रालय भने राख्ने वताईसकेका छन् । त्यो संख्याभित्र रामचन्द्र पौडेल पक्षलाई दुई, कृष्णप्रसाद सिटौला पक्षलाई १ र अरु ४ मन्त्रालय आफनो पक्षका नेताहरुलाई दिन देउवाले खोजेका छन् ।

तर पौडेल पइाले उपप्रधानसहित कम्तीमा ४ मन्त्रालय आफनो पक्षका नेताले पाउनुपर्ने जिकिर गरिरहेको छ । उपप्रधान पाए महामन्त्री डा शसांक कोइराला, प्रकाशमान सिंह या सुजाता कोइरालामध्येवाट एक जनालाई लैजाने पौडेल पक्षको तयारी छ ।

सोमबार मात्रै महामन्त्री डा शसांकको महाराजगञ्जस्थित निवासमा भएको छलफलमा पौडेल पक्षले उपप्रधानमन्त्रीमा दावी गर्ने र त्यो पाएमा डा शसांक , प्रकाशमान या सुजातामध्ये एक जनालाई पठाउने वारेमा छलफल गरेको थियो ।

तर पौडेल पक्षले भने जस्तो ४ ओटा मन्त्रालय दिन नसकिने र सत्ता गठवन्धन दलका अन्य नेतालाई पनि चित्त वुझाउनु पर्ने भएकाले अहिलेलाई दुई जनाको नाम सिफारिस गर्न देउवाले पौडेल पक्षलाई आग्रह गरिरहेको खुलेको छ ।

माओवादी केन्द्रलाई देउवाले ६ मन्त्रालय दिने तयारी गरेका छन् । त्यसकारण देउवाले थप ४ मन्त्रीको नाम प्रस्ताव गर्न प्रचण्डसँग आग्रह गदै आएका छन् । तर प्रचण्डले आफनो पार्टीलाई कम्तीमा काग्रेसले लिने सरहको मन्त्रीको संख्या भागवन्डा लगाउन माग गरिरहेका छन् । त्यसो नहुदा पनि कम्तीमा ७ मनत्रालय माओवादीलाई दिन प्रचण्डको प्रस्ताव छ ।

विहान प्रधानमन्त्री देउवासँग भएको भेटवार्तामा पनि प्रचण्डले कांग्रेस र मााओवादीले बारबरी मन्त्रालय भागवन्डाको प्रस्ताव गरेका थिए । त्यसो नभएपनि काग्रेसभन्दा एउटा मात्रै मन्त्रालय कम हुने गरी भागवन्डा टुंगो लगाउनु पर्ने प्रचण्डको प्रस्ताव छ ।

सरकारलाई विश्वासको मत दिएको नेकपा एमालेकै माधव नेपाल पक्षलाई पनि देउवाले ५ ओटा मन्त्रालय दिने तयारी गरेका छन् । तर माधव नेपाल समुह सरकारमा जाने/नजानेमा केही खुलेको छैन । यो समुहलाई एमालेले आज वस्ने केन्द्रीय समिति बैठकबाट के निर्णय लिन्छ, त्यही आधारमा मात्र ठोस निश्कर्षमा पुग्ने तयारी भएको छ ।

तर नेपाल समुहलाई पनि सरकारमा आएरै सहयोग गर्न देउवाले प्रस्ताव गरिसकेका छन् । आज विहानै मात्र पनि नेपालसँगको भेटमा प्रचण्ड र उपेन्द्र यादवले नेपाल समुहलाई अव सरकारमा आएरै सहयोग गर्न आग्रह गरेको वताईएको छ । यद्यपी यो छलफलका अन्य विषयहरु अझै गोप्य राखिएको छ ।

नेपाल समुहमा सरकारमा जाने विषयमा आन्तरिक छलफल भने चलेको छ । उस्तै परे नेपाल समुहवाट उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा देउवा नेतृत्वको सरकारमा पठाउने विषयमा पनि भित्री छलफल भने चलेको छ ।

यद्यपी, नेपालले दुई दिन जति आफुलाई पर्खिन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसग आग्रह गरेको बताइन्छ । नेपाल समुहका नेताहरुको आजै दिउसो पनि अवको रणनीति र सरकारको सहभागिता विषयमा छलफल गर्न भेला बस्दैछ ।

देउवाले जसपाको उपेन्द्र पक्षलाई ४ या ५ मन्त्रालय दिने तयारी गरेको बताईएको छ । तर उपेन्द्र पक्षले आफुसाग अहिले सांसदको संख्या वढेर २० पुगेकोले कम्तीमा ६ मन्त्रालय दिनुपर्ने माग गरिरहेको बताईएको छ । अझ जसपाको उपेन्द्र पक्षका नेताहरुको वटमलाइन ७ मन्त्रालय छ । जसपा नेता डम्बर खतिवडाका अनुसार शक्तिशाली, विकास र सामाजिक समूहका मन्त्रालयमध्ये गठबन्धन दलहरूबीच कम्तीमा एकरएकवटा भागबन्डा गर्ने सैद्धान्तिक छलफल भएको छ ।

त्यही आधारमा मन्त्रालय भागवन्डाको तयारी भएको खतिवडा बताउँछन् ।

एपेन्द्र पक्षले नेपाल समुह सरकारमा सहभागी नभए आफनो पक्षलाई मन्त्रालयको संख्या थप गर्नुपर्ने अडान पनि लिईरहेको छ ।

सरकारलाई अन्तिम समयमा आएर विश्वासको मत दिएको महन्थ ठाकुर पक्षले पनि सरकारमै गएर सहयोग गर्न चाहेको खण्डमा उपेन्द्र पक्षलाइृ छुट्टाएको मन्त्रालयभित्रैवाट ब्यवस्थापन गर्न देउवाले खोजेका छन् ।

तर सत्ता गठवन्धनका यी दलहरुका वीचमा मन्त्रालयको संख्याको भागवन्डा र मन्त्रालय टुग्गो लागिसकेको छैन ।

आजको वालुवाटार छलफलमा प्रचण्ड र प्रधानमन्त्री देउवाका वीचमा यिनै विषयमा केन्द्रीत रहेर कुराकानी शुरु भएको माओवादी स्रोतले बताएको छ ।

तर अझै टुग्ग्निसकेको माओवादीका एक नेताले बताए ।

प्रधानमन्त्री देउवासँगको आजको भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयामा केन्द्रीत रहेर भेट गरेको दाहालको सचिवालयले बताएको छ । देउवा र प्रचण्ड वीचको भेटवार्तामा अघिल्लो ओली सरकारले संसद विघटन पछि लिएका सवै नियुक्तिहरु खारेज गर्नेमा सहमति बनेको छ । आजको छलफलले ति नियुक्तिहरु सवै खारेज गरेर जाने विषयमा सहमति जुटाएको हो । त्यसका अतिरिक्त दुवै नेताका वीचमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिदाको अवस्थाका बारेमा पनि सामान्य समिक्षा भएको थियो । माधव नेपाल समुहको निर्णय पनि कुर्ने र त्यही वीचमा सरकारका तत्कालीन र दीर्घकालीन कार्यक्रम सार्वजनीक गरेरमात्रै मन्त्रिपरिषद् विस्तार गर्ने , त्यसवीचमा मन्त्रालय भागवन्डा पनि टुग्याउने गरी जाने विषयमा छलफल भएको बालुवाटार स्रोतको भनाई छ ।

प्रचण्ड सरकार सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सत्ता सहयात्री दलका शीर्ष नेता रहेको उच्चस्तरीय राजनीतिक संन्यत्र निर्माण गरेर जानुपर्ने र त्यसको दिशा निर्देशका आधारमा सरकारले काम गर्नुपर्ने पक्षमा छन् ।

त्यसमा माधव नेपाल र उपेन्द्र यादव पनि सहमत देखिएका छन् । तर प्रधानमन्त्री देउवाले यस विषयमा अझै सोचौला भनेर जवाफ दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया