शुक्रबार, चैत १६, २०८०

भिसाका कारण सन्दीपले ‘द हन्ड्रेड’ खेल्न नपाउने, झण्डै एक करोड गुम्न सक्ने

मेरोन्यूज २०७८ साउन ५ गते ११:५२

काठमाडौँ । नेपाली क्रिकेटरका लेगस्पिनर सन्दीप लामिछानेले भोलि बिहीबारदेखि इंग्ल्याण्डमा सुरु हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । उनले सुरुवाती खेल गुमाउने भएका हुन् ।

क्रिकेटर लामिछाने द हन्ड्रेड प्रतियोगितामा ओभल इन्भिन्सिबलमा आबद्ध छन् । उक्त क्लबले उनलाई ६० हजार पाउण्ड अर्थात झण्डै एक करोड रुपैयाँमा आबद्ध भएका थिए।

बिहीबार हुने उद्‌घाटन खेलमा लामिछाने आबद्ध भएका ओभलले म्यानचेस्टर ओरिजिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

करिब दुई साताअघि इंग्ल्याण्ड पुगेका लामिछाने ब्रिटिश सरकारले तोकेको होटलमा आजदेखि १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गर्दै छन् । तर टिएर–५ भिसामा इंग्ल्याण्ड पुगेकाले उनलाई खेल्न अनुमति नभएको समाचारमा जनाइएको छ ।

‘द हन्ड्रेड’मा दुवै टिमले १००–१०० बल खेल्ने छन् । खेलमा पहिलो २५ बलमा पावर प्ले हुनेछ ।

Advertisement

प्रतिक्रिया