मंगलबार, वैशाख ११, २०८१

नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने

मेरोन्यूज २०७८ साउन ४ गते २०:४०

काठमाडाैं । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा कूल छ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हूँदै आएकामा अब छ उडान हुने भएको हो ।

सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान सङ्ख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ ।

यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन उडान पाएका हुन् । यात्रुको सहजतालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ । उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ ।

प्रतिक्रिया