शनिबार, वैशाख १५, २०८१

स्वास्थ्य मन्त्रालयले पायाे प्राविधिक सचिव, डा.रोशन पोखरेल नियुक्त

मेरोन्यूज २०७८ साउन ४ गते १९:०६

काठमाडौं । साढे २ वर्षपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य तर्फकाे सचिव पाएको छ । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको स्राेतकाे दाबी छ ।

सचिवका लागि प्रमुख विषेषज्ञ डा पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र दिपेन्द्ररमण सिंहलाई सिफारिस गरिएको थियो । २०७५ साल मंसिर १७ गते तत्कालीन स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि स्वास्थ्यमा प्राविधिक सचिव रिक्त रहेकाे थियाे ।

प्रतिक्रिया