शुक्रबार, वैशाख ७, २०८१

के हुँदैछ संसदमा भीम रावलको राजीनामा ?

अब के हुन्छ प्रक्रिया ?

मेरोन्यूज २०७८ साउन ४ गते १८:०२

काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले पार्टीभित्रको आन्तरिक किचलो ब्यवस्थापनमा चुकेपछि आइतबार एकाएक सांसद पदवाट राजीनामा दिए । पार्टीकै स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले रोक्न खोज्दाखोज्दै पनि उनले त्यसलाई टेरेनन ।

नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेर उनले संसद सचिवालयका महासचिव समेत रहेकै बेला राजीनामा वुझाएर हिडे । त्यसवेला सभामुख र रावलका वीचमा खास संवाद भएन ।

रावल बाहिर निस्केर सभामुखलाई वुझाएको राजीनामा पत्रकारहरुका अगाडी ‘भटाभट’ बाचन गर्न थाले । त्यही वेला हो सुरेन्द्र पाण्डेले रावललाई भित्र जाऔं भन्ने र रावलले प्लीज मलाई छोडनुस्, म पत्रकारसँग कुरा गर्छु भन्ने दोहोरी समेत केही वेर चलेको । त्यसपछि न सभामुखले उनको राजीनामा बारे संसदलाई वाचन गरेर सुनाएका छन्, न उनको राजीनामाको सनाखतको कुनै प्रक्रिया नै अगाडी वढाएका छन् । अहिले रावलको राजीनामा सभामुखकै टेवुलमा ‘यथास्थिती’मा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिनेमा एमालेभित्र मत एउटै थिएन । ओलीको विकल्पमा देउवालाई प्रधानमन्त्री बनाउन एमालेका माधव नेपाल सहित उनी समेत २३ जना सांसदले सर्वोच्च अदालतमै पुगेर हस्ताक्षर गरेका थिए ।त्यसपछि ब्यूतिएको संसदमा देउवालाई विश्वासको मत दिने÷नदिनेमा नेपाल समहुमै मत बाझिएको थियो ।

ओलीले देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहन नसक्ने भन्दै कारवाहीको घण्टी बजाईरहेका थिए भने अर्कोतिर माधव नेपाल जे पर्ला ब्यहोरुला शैलीमा देउवालाई मत दिने चट्टानी निश्कर्षमा थिए । तर रावल कार्यदलमार्फत १० वुादे प्रस्ताव तयार भईसकेको सन्र्दभमा ओलीसहित वसेर पार्टीले गर्ने सस्थागत निर्णयमा एकढिक्का भएर जानुपर्ने पक्षमा उभिएका थिए ।

आइतबार नेपाल समुहको बैठकमा रावलले देउवालाई विश्वासको मत दिन नहुने भन्दै पहिले अदालतमा हस्ताक्षर गर्न जाने बेलाको भन्दा १८० डिग्रीमा वदलिएर धारणा राखेका थिए । त्यसपछि उनको नेपाल समुहभित्रैवाट पनि आलोचना भएको थियो । त्यही आवेगमा आएर उनले राजीनामा एकाएक दिने निश्कर्षमा पुगेर सभामुखलाई भेटेर राजीनामा बुझाएको घटनाक्रमले देखाएको छ ।

अब के हुन्छ प्रक्रिया ?
रावलले उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अंह, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवं कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न भएको जिकिर गदै राजीनामा सभामुखलाई छोडेका थिए । उनको राजीनामामा पनि सोही ब्यहोरा उल्लेख छ ।

सभामुख अग्नि सापकोटा निर्वाचित भएयता सांसदहरु कसैको पनि यसरी राजीनामा आएको थिएन । त्यसकारण पनि सभामुख कार्यालयमा रावलको राजीनामाका विषयमा अहिले पनि अध्ययनकै क्रममा छ । जसकाकारण राजीनामा संसद सचिवालयमा अहिले यो समाचार तयार पार्दासम्म यथास्थितीमा छ ।

यसरी सांसदको राजीनामा आईसकेपछि सामान्यताः सम्वन्धित सांसदको सनाखत गरेपछि मात्र त्यसको आधिकारिक निर्णय लिनुपर्ने प्रचलन रहिआएको छ । तर त्यसका लागि पहिले रावल आफै आफनो राजीनामा संसद सचिवालयमा के कस्तो अवस्थामा छ भनेर वुझन कस्सिनु पर्ने हुन्छ ।

राजीनामा छोडेर हिडेका रावल पनि सोमबार साझ सम्म सभामुखको कार्यकक्षमा वुझन पुगेका छैनन । न सभामुखले नै रावललाई तपाईको आफनो टेवुलमा आएको राजीनामा बारे कुरा के हो ? भनेर रावललाई नै वुझन बोलाएका छन् । ‘सांसदको राजीनामाका विषय के हुन्छ र यसको प्रक्रिया के भन्नेमा हेर्दा सनाखत गर्ने प्रक्रिया हुँदो रहेछ, निवेदक स्वंम उपस्थित भएर सनाखत गर्नुपर्ने रहेछ,’ सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपाने भन्छन्,–‘अहिलेसम्म रावल सनाखतका लागि आउनु भएको पनि छैन, त्यही कारण सभामुखले पनि अहिले नै केही निर्णय लिईहाल्नु भएको छैन ।’

संसदमा त्यसरी सांसदले दिने राजीनामा सिधै सभामुखले स्वीकृत गर्ने वा दर्ता गर्ने भन्ने हुँदैन । रावलले सभामुखलाई राजीनामा वुझाएपनि त्यही साक्षी संसदका महासचिव पनि थिए । यसरी आएको राजीनामा ब्यक्ति स्वंम उपस्थित भएर सनाखत गरेपछि मात्र थप प्रक्रियामा जाने प्रचलन रहिआएको छ । सनाखत पछि संसद चलेको बेला राजीनामाका बारेमा आएको पत्र पढेर सुनाउने र संसद नचलेको वेलामा सुचना निकाल्ने भन्ने हुन्छ । तर यी दुवै प्रक्रिया अगाडी बढेको छैन् ।

अव संसद वैठक ८ गतेका लागि वोलाईएको छ । त्यो भन्दा अगाडी कारवाही सनाखत गर्ने विषयमा रावलले पहिले हस्ताक्षर के गर्ने भन्ने हुन्छ । रावलले राजीनाममा अव के गर्छन् उनकै निर्णयमा भर पर्ने देखिन्छ । रावलले राजीनामा दिनु गलत भन्दै सोमबार एमालेको केन्द्रीय कमिटि बैठकमा अध्यक्ष ओलीले हतारिएको किन ? सकिन्छ भने राजीनामा फिर्ता गराउनु पर्ने वताएका थिए । रावलमाथी यतिवेला पार्टीभित्रैवाट राजीनामा फिर्ताका लागि उत्तिकै दवाव छ ।

इस अगाडी कृष्णवहादुर महरा सभामुख रहेका बेला समाजवादी पार्टीका सप्तरी क्षेत्र नंम्बर-१ सांसद सूर्यनारायण यादवले राजीनामा बुझाएका थिए। पार्टीलाई समेत जानकारी नदिई स्वास्थ्यको कारण देखाउँदै उनले वुझाएको राजीनामा धेरै दिन संसदमा टिकेन । उनी आफैले अन्तिममा फिर्ता लिएका थिए ।

त्यसअगाडी संविधानसभावाट संविधान बनेपछि तत्कालिन माओवादीका सांसद रहेका डा वावुराम भटटराईले पनि राजीनामा दिएका थिए । उनको राजीनामा सनाखत पछि पछि तत्कालिन सभामुख सुवास नेम्वाङले तीन हप्तापछि मात्र सूचना प्रकाशित गरेर सांसद नरहेको जानकारी गराएका थिए । अहिले रावल प्रकरणमा पनि उनले राजीनामा अगाडी बढाउन चाहान्छन् या फिर्ता लिन्छन् सभामुखले रावलसँग गर्ने छलफल पछि मात्रै तय हुनेछ ।

प्रतिक्रिया