बिहीबार, वैशाख १३, २०८१

श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

मेरोन्यूज २०७८ साउन ४ गते १५:०९

काठमाडौँ । गौरादह नगरपालिका १ मा पाँच दिनअघि श्रीमतीको हत्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आज बिहान मोरङको रंगेली नगरपालिका ९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले गत असार ३१ गते राति ३४ वर्षीया श्रीमती संगीता टुटुलाई खेत नजिकै रहेको टहरामा लगेर निर्मतापूर्वक कुटपिट गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरी फरार रहेका सजिलाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया