शनिबार, वैशाख ८, २०८१

अमेरिकालाई हल्लाउने विद्यार्थी आन्दोलन, जो कालान्तरमा बन्यो ‘तालिवान’

प्रेम कुमार श्रेष्ठ २०७८ साउन ३१ गते १८:२९

काठमाडौँ । करिब दुई दशकपछि अफगानिस्तानबाट अमेरिकी सेनाहरू स्वदेश फिर्ता हुँदै छन् । आगामी २०२१ सम्म अमेरिकाले आफ्ना सबै सेनाहरूलाई अफगानिस्तानबाट फिर्ता लैजाने निर्णय गरेसँगै सेनाहरू स्वदेश फिर्ता हुने भएका हुन् ।

सन् २००१ मा पहिलोपटक अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेको थियो । अमेरिकी सेना प्रवेश गरेसँगै अफगानिस्तानमा तालिवान सेना कमजोर बन्दै गएको थियो । तर, अमेरिकी सेना फिर्ता हुने भएसँगै तालिवान पुनः शक्तिशाली बन्ने आंकलन गरिन थालिएको छ ।
अमेरिकी सेना फिर्ता हुने भएसँगै तालिवान लडाकुले आफ्नो नियन्त्रण क्षेत्र बढाउन सक्ने छ । यससँगै उसले अफगानिस्तान सरकारलाई अस्थिर बनाउने बन्दै चिन्ता बढ्न थालेको छ ।

तालिवानले अमेरिकी सरकारसँग सन् २०१८ मा पहिलोपटक बैठक सुरू गरेको थियो । पछिल्लो पटक फ्रेबुअरी २०२० मा कतारको राजधानी दोहामा दुवै पक्षबीच सम्झौता भएको थियो । दुई पक्षको सम्झौताअनुसार अमेरिकाले अफगानिस्तानबाट सबै सैनिक फिर्ता लैजाने र तालिवानले अमेरिकी सेनामाथि कुनै प्रकारको हमला नगर्ने बाचा गरेको हो ।

यस्तै, दुई पक्षको सम्झौताअनुसार तालिवानले आफ्नो नियन्त्रण इलाकामा अल कायदा तथा अन्य कुनै चरमपन्थी संगठनको प्रवेश गर्न नदिने बाचा दिँदै राष्ट्रियस्तरको शान्ति कायम गर्न बताइएको थियो । तर, सम्झौताको लगत्तै पछिल्लो वर्षदेखि तालिवानले अफगानिस्तानमा सर्वसाधारण र सुरक्षा बललाई निशाना बनाउँदै हमला गर्न सुरू गर्न थालेको छ ।

तालिवानको सुरू

पश्तो भाषामा छात्रालाई तालिवान भनिन्छ । सन् १९९० को दशकको सुरूवातमा सोभियत संघका सैनिक अफगानिस्तानबाट फिर्ता हुन थाल्यो । सोही समयमा तालिवानको सुरू हुन थालेको हो ।

सुरूमा विद्यार्थीको आन्दोलन अर्थात पश्तो आन्दोलन मदरसा ९विद्यालय०बाट सुरू भएको हो । यसका लागि सऊदी अरबले आर्थिक सहयोग गर्न सुरू गर्यो । आन्दोलनले विस्तारै सुन्नी इस्लामको कट्टर मान्यता आत्मसाथ गर्न पुग्यो ।

आन्दोलनको रूप चाँडोभन्दा चाँडो अफगानिस्तान तथा पाकिस्तानमा फैलिन पुग्यो । आन्दोलनले यी देशमा शान्ति र सुरक्षा स्थापनाका साथै शरिया कानूनको कट्टरपन्थी संस्कार कार्यान्वयन गर्ने वाचा गरिरहेका थिए ।

यस क्रममा दक्षिण पश्चिम अफगानिस्तानमा तालिवानको प्रभाव तीव्र गतिमा बढ्न पुग्यो । तालिवानले सेप्टेम्बर १९९५ मा इरानको सीमामा रहेको हेरात प्रान्त कब्जा गर्यो । यसको ठिक एक वर्षपछि अफगानिस्तानको राजनधानी काबुल कब्जा गर्यो ।

अफगानिस्तानमाथि नियन्त्रण

एक विद्यालयबाट सुरू भएको आन्दोलनले अन्ततः अफगानिस्तानका तत्कालीन राष्ट्रपति बुरहानुद्दीन रब्बानीलाई सत्ताबाट हटाउन सफल भयो । रब्बानी सोवियत संघका सैनिकको अतिक्रमणप्रति विरोध गर्ने अफगान मुजाहिदीनका संस्थापक सदस्य थिए ।

सन् १९९८ सम्म आइपुग्दा तालिवानले करिब ९० प्रतिशन अफगानिस्तानको भूभाग नियन्त्रण गर्न पुगेको थियो । सोभित संघ ९रूस०का सैनिक आफ्नै देश फर्किंदासम्म अफगानिस्तानको आम सर्वधारण मुजाहिदीनको ज्यादती तथा आपसी संघर्षका कारण तालिवानको स्वागत भएको थियो ।

भ्रष्टाचारमाथि अंकुश, अराजकताको सुधार, सडक निर्माण, कारोबार ढाँचा तथा सुविधाहरू राम्रो बनाएकाले सुरूवाती दिनमा तालिवानी लोकप्रिय भन्दै गएको थियो ।

समय बित्दै जाँदा तालिवानले गल्ती गर्ने हर कोहीलाई कडा सजाय दिन थालियो । उनीहरूले इस्लामिक तौर तरिकाले सजाय दिन थाले जसमा हत्यासम्म हुन पुग्यो । सार्वजनिक ठाउँमा फाँसी दिन थालियो । चोरी गर्ने सर्वसाधरलाई अंग भंग बनाइयो ।

विद्यार्थीहरूले सुरू गरेको आन्दोलनबाट तालिवान जन्मेको ११ वर्ष पूरा भएको थियो । ११ वर्ष पूरा हुँदै गर्दा अर्थात ११ सेप्टेम्बर २००१ मा अमेरिकाको न्युयोर्कमा रहेको वर्ल्ड ट्रेड सेन्टरमाथि भएको हमलाले विश्वभरको ध्यान तालिवानमा पर्न गयो ।

पुरुषहरूलाई दाह्री र महिलाका लागि पूरै शरीर ढाक्ने बुर्का जरूरी लगाउनु पर्ने व्यवस्था गरियो । तालिवानले टेलिभिजन, संगीत तथा सिनेमा बन्द गराइदियो । १० वर्षभन्दा माथिका बालबालिकालाई स्कुल जान बन्द गरिदियो ।

तालिवान सरकारलाई मान्यता दिने देश

तालिवानमाथि मानव अधिकारको उल्लंघन तथा सांस्कृतिक दुर्व्यवहारसम्बन्धी आरोप लग्न शुरू हुन थाल्यो । यसको एउटा कुख्यात उदाहरण सन् २००१ मा देखियो । जब, तालिवानीले अन्तर्राष्ट्रिय विरोधको बावजुद मध्य अफगानिस्तानको बामियानमा बुद्धको मूर्तिलाई ध्वस्त पारिदिए ।

तालिवानलाई थप सुदृढ बनाएको आरोप खेप्दै आएको पाकिस्तानले लगातार खण्डन गर्दै आएको थिया । तर, पछि तालिवान आन्दोलनमा सहभागी भएका व्यक्तिहरू पाकिस्तानको मदरसेबाट बाहिर निस्केका थिए ।

अफगानिस्तानमाथि तालिवानले नियन्त्रण गर्दै जाँदा पाकिस्तान दुनियाँ तीन देशमध्ये एक थिए, जसले तालिवान सरकारलाई मान्यता दिँदै आएको थियो । पाकिस्तानबाहेक सऊदी अरब र संयुक्त अरब इमिरेटसले पनि तालिवान सरकारलाई स्वीकार गरेको थियो ।

तालिवानको निशानामा मलाला

तालिवानसँग आफ्नो कुटनीतिक सम्बन्ध राखिराख्ने देशमा पाकिस्तान सबैभन्दा पछिसम्म रहे । यसैबीच तालिवानले एक समय उत्तर पश्चिम पाकिस्तानको क्षेत्रमा अस्थिर बनाइदिने धम्की दिएको थियो ।

यसै क्रममा तालिवानी हतियार धारीहरूले अक्टोबर २०१२ मा मिगोरा नगरस्थित एक स्कुलमा पढ्दै आएकी मलाला युसुफजाईलाई गोली हानी हत्या गरिदिए । तालिवानीहरूले १४ वर्षीय मलालाले आफ्नो शासनको अत्याचारमाथि छद्म नाममा लेखेको भन्दै गोली हानिएको थियो ।

उक्त घटनामा मलाला मरेको भनेर तालिवानले छाडेर गएका थिए । यस समय तालिवानप्रति अन्तर्राष्ट्रिय स्तरबाट घटनाको निन्दा भएको थियो ।

सोही घटनाको २ वर्षपछि तालिवानी हतियारधारीले पेशावर शहरको एक स्कुलमाथि हमला गर्न पुग्यो । सन् २०१३ मा अमेरिकी ड्रोन हमलाबाट तालिवानका पाकिस्तानको कमाण्डर सम्हालेका हकीमुल्ला मेहसुदसहित ३ प्रमुख नेताहरूको हत्या भएको थियो ।

अमेरिकामाथि हमला

विद्यार्थीहरूले सुरू गरेको आन्दोलनबाट तालिवान जन्मेको ११ वर्ष पूरा भएको थियो । ११ वर्ष पूरा हुँदै गर्दा अर्थात ११ सेप्टेम्बर २००१ मा अमेरिकाको न्युयोर्कमा रहेको वर्ल्ड ट्रेड सेन्टरमाथि भएको हमलाले विश्वभरको ध्यान तालिवानमा पर्न गयो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अप्रिल २०२१ सम्म सबै अमेरिकी सैनिक फिर्ता लैजाने तयारी गर्दै गर्दा अफगानिस्तानमा तालिवान पुनः शक्तशाली बन्दै गएको छ ।

हमलामा मुख्य सन्दिग्ध ओसामा बिन लादेन र अल कायदाका हतियारधारीलाई तालिवानले शरण दिएको आरोप लाग्यो । यससँगै ७ अक्टोबर २००१ मा अमेरिकी सेनाको सैन्य गठबन्धनले अफगानिस्तानमाथि हमला सुरू गर्न थाल्यो । अमेरिकी सेनाको हमलापछि डिसेम्बरमा तालिवानको शासन अन्त्य हुन पुग्यो ।

दुनियाँका सबैभन्दा बढी खोजी गरी ओसामा बिन लादेन तथा तत्कालीन तालिवान प्रमुख मुल्ला मोहम्मद उमरलाई अफगानिस्तानबाट हटाउन अमेरिकी सेना सफल भए । उनीहरू अफगानिस्तानबाट भागेर पाकिस्तानको एक शहरमा गएर लुके ।

भारी संख्यामा विदेशी सैनिक उपस्थित भएसँगै तालिवानले समेत अफगानिस्तानमा आफ्नो प्रभाव बढाउन थाल्यो । यसको नतिजा देशमा असुरक्षा अधिक बन्न पुग्यो । सेप्टेम्बर सन् २०१२ मा तालिवान लडाकुले काबुलमा केही हमला गरे । जसमा नेटो सैनिकका जवानहरू मारिए ।

तालिवानको विजयी

२० वर्ष लामो युद्धपछि अमेरिका र तालिवानबीच सम्झौता भएको छ । फेब्रुअरी २०२० मा अमेरिका र तालिवानबीच शान्ति सम्झौता भएको थियो । दुई पक्षबीच बारम्बार वार्ता भएसँगै यो सम्झौता भएको हो ।

दुई पक्षबीच सम्झौता भएसँगै तालिवान सक्रिया भएको छ । उनीहरूले खास मानिसहरूलाई लक्षित गरी निशाना बनाउन सुरू गरेका छन् । साथै हमला गर्न थालेका छन् । तर, अमेरिकी सेना मौन रहेका छन् । अमेरिकी सेना विना सर्त आफ्नो देश फिर्ता हुँदै गर्दा अफगानिस्तान सरकार तालिवानको कब्जामा जाने आँकलन गर्न थालिएको छ ।

पछिल्लो समय तालिवानले आफ्नो विचारधारा परिर्वतन गर्दै बदला लिन सुरू गरेको छ । उसले पत्रकार, न्यायाधीश, शान्ति कार्यकर्ता जस्ता मानिसहरूलाई निसाना बनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अप्रिल २०२१ सम्म सबै अमेरिकी सैनिक फिर्ता लैजाने तयारी गर्दै गर्दा अफगानिस्तानमा तालिवान पुनः शक्तशाली बन्दै गएको छ ।

दुई दशकभन्दा बढी समय चलेको युद्धमा महाशक्ति अमेरिकाले घुँडा टेकेको छ । युद्धमा तालिवानले भन्दा अमेरिकाले आर्थिक रूपमा बढी क्षति बेहोरेको छ । उसले यस युद्ध अवधिभर करिब १४० अर्ब अमेरिकी डलरभन्दा बढी आर्थिक नोक्सान बेहोरेको छ ।

अफगानिस्तानको युद्धमा अमेरिकाको करिब २५ सय सैनिक मारिए । नेटो सैनिकमा आवद्ध भएका अरू देशका सेनाहरूले समेत ज्यान गुमाए । यस्तै, ठूलो संख्यामा अफगानी नागरिक मारिए । अफगानका ६५ हजारभन्दा बढी सेनाले ज्यान गुमाए । तर, युद्ध थप जटिल बन्दै गएको छ ।

अफगानिस्तानमा तालिवानबीच भएको आन्दोलन थप चर्किंदै गएको छ । अमेरिकी सैनिक स्वदेश फर्किदै गर्दा तालिवानबीच थप आन्दोलन चर्किएको छ । जसमा आज सोमबार भएको सुरक्षा कारबाहीमा कम्तिमा एक हजार जना तालिवानका सैनिकको मृत्यु भएको छ । यस्तै, सुरक्षा कर्मीबीच ठूलो हताहत भएको समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया