शनिबार, वैशाख १५, २०८१

कांग्रेस नेता पौडेल पक्षको बैठक सुरु

मेरोन्यूज २०७८ साउन ४ गते १३:३८

काठमाडौँ । महाराजगञ्जस्थित नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवासमा संस्थापन पक्षइतर नेताहरू बैठकमा बसेका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरू छलफलमा जुटेका हुन् ।

सोमबार अपरान्ह कोइराला निवासमा बैठक बसेको हो । छलफलमा नेता पौडेलसहित डा. कोइराला, प्रकाशमान सिह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रदीप पौडेल सहभागिता रहेका छन् ।

छलफल आगामी राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत हुन बताइएको छ ।

प्रतिक्रिया