शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्रीको निर्देशन : खोप केन्द्र व्यवस्थित गर्नु

मेरोन्यूज २०७८ साउन ४ गते १२:४१

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना भाइरसविरुद्ध सञ्चालन भइरहेको खोप केन्द्रहरूलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् । सोमबार काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा पुगेर अनुगमन गर्दै व्यवस्थित बनाउन निर्देशन दिएका हुन् ।

प्रधामन्त्री देउवाले जोरपाटीस्थित अर्थोपेडिक, त्रिवि, वीर, नेपाली सेना र स्थानीय निकायद्वारा सञ्चालित सामाखुसीको खोप कन्द्रसहित ललितपुरमा सञ्चालित खोप कन्द्रमा पुगेर खोप लगाउन व्यवस्थित गर्न निर्देशन दिएका हुन् ।

‘आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन गरेको छु ।’

प्रतिक्रिया