बिहीबार, वैशाख १३, २०८१

ब्राउन सुगरसहित वडाध्यक्ष पक्राउ

मेरोन्यूज २०७८ साउन ४ गते १०:५७

काठमाडौँ । पर्सा पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष अमेरिका सहनी लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीसँगै थप २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले गाउँपालिका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ७९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्य दुई जनामा ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागु औषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया