शुक्रबार, चैत १६, २०८०

कलाकारका रूपमा बाहिर देखापरेका खलनायक राम्ररी चिनौं : ईश्वर पोखरेल

मेरोन्यूज २०७८ साउन ४ गते ९:१०

काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई खलनायक र विदूषकको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक ! अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषक बारे भ्रममा नपरौं ! सबैले राम्ररी चिनौं !!

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तष्टथताको नीति लिएका थिए ।

अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । प्रधानमन्त्री देउवाले १६५ मत पाएका थिए ।

प्रतिक्रिया