शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री देउवाले आज खोप केन्द्रहरुको निरीक्षण गर्ने

मेरोन्यूज २०७८ साउन ४ गते ७:४१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका काठमाडौंका केन्द्रहरुको अनुगमन गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले सोमबार बिहान काठमाडौंका उपत्यका भित्रका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र ललितपुरको पाटन अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालमा सञ्चालित खोप केन्द्रको अनुगमन गर्ने छन् ।

अमेरिकाबाट ल्याइएको जोन्सन खोप दिने कार्यक्रम सुरु हुने दिन नै प्रधानमन्त्रीले खोप केन्द्रहरुको अनुगमन गर्ने भएका हुन् ।

आइतबार नै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका उच्च अधिकारीहरुसँग भेटेर खोप कार्यक्रमका लागि केन्द्र र जनशक्ति थप गरी व्यवस्थित गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए ।

Advertisement

प्रतिक्रिया