बिहीबार, वैशाख १३, २०८१

माधव नेपाल सहित एमालेका २२ सांसदले दिए देउवालाई मत (नामावलीसहित)

मेरोन्यूज २०७८ साउन ३ गते २२:१९

काठमाडौं । काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । उनले १६५ मत पाएर विश्वासको मत लिदै गर्दा एमालेकै माधव नेपाल सहितका २२ सांसदले विश्वासको पक्षमा मतदान गरेका छन् ।

मतदानमा ओली पक्षमै खुलेका ४ प्रत्यक्ष निर्वाचित सांसद ले पनि देउवाको पक्षमा मतदान गरेका छन् । एक जना माधव नेपालसँग रहेकी तर पछि फेरि ओलीतिर खुलेकी समानुपातिक सांसदले पनि देउवालाइ मतदान गरेका छन् ।

यी सहित एमालेका २२ सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् ।

देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

प्रतिक्रिया