बिहीबार, चैत १५, २०८०

संसद्मामा देउवाले विश्वासको मत लिँदै

मेरोन्यूज २०७८ साउन ३ गते १८:१८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत मागेका छन् । उनले अहिले केहीबेरमै संसद्मा विश्वासको मत मागेका हुन् ।

त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट प्रस्तावमाथिको छलफलमा भाग लिँदै धारणा राख्ने कार्यसूची तय भएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता भए पनि आजै लिने तयारी गरेका हुन् ।

उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विश्वासको मत निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यसपछि मतविभाजन हुनेछ ।

मत विभाजनका आधारमा निर्णय हुनेछ ।

Advertisement

प्रतिक्रिया