शनिबार, वैशाख ८, २०८१

माधव नेपाल समूहबिनै देउवालाई विश्वासको मत पुग्ने

मेरोन्यूज २०७८ साउन ३ गते १८:१२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरेसँगै एमालेका माधव नेपाल समूहबिना नै बहुमत पुग्ने भएको छ ।

यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० सहित नेकपा एमालेको नेता नेपाल पक्षका सांसदको मत सुनिश्चित भएको थियो ।

यससँगै ठाकुर पक्षका १२ सांसदसमेत देउवाको पक्षमा हुने भएका छन् । जसले देउवाको पक्षमा एक सय ४३ भन्दा बढी मत सुनिश्चित भएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।

प्रतिक्रिया