बिहीबार, वैशाख १३, २०८१

संसदको पहिलो बैठकमा एमालेका ओली र माधव नेपाल अनुपस्थित

मेरोन्यूज २०७८ साउन ३ गते १८:००

काठमाडौँ । दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै बसेको पहिलो बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

यस्तै, पहिलो बैठकमा माधव नेपालसमेत अनुपस्थित भएका छन् । उता एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् ।

सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एक मात्र सांसद दुर्गा पौडेलसमेत प्रतिपक्षी बस्ने लहरमा बसेकी छन् । तर, जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसदमध्ये अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका सांसद प्रतिपक्षीमा रहेका छन् । यस्तै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा रहेका सांसदहरू सत्ता पक्षमा बसेका छन् ।

प्रतिक्रिया