आइतबार, जेठ ६, २०८१

थप एक हजार ८०५ जनामा कोरोना पुष्टि, २३ जनाको निधन

मेरोन्यूज २०७८ साउन ३ गते १७:२८

काठमाडौँ । देशभर थप एक हजार ८०१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६२८ जनाको परीक्षणमा पीसीआर विधिबाट १२२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि देखिएको हो ।

Advertisement

यही अवधिमा थप एक हजार ६६७ जना कोरोना मुक्त भएका छन् । त्यस्तै, कोभिड संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म नेपालमा ९ हजार ५५० जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया