शनिबार, वैशाख ८, २०८१

देउवाले मागे महन्थ ठाकुर पक्षसँग विश्वासको मत

मेरोन्यूज २०७८ साउन ३ गते १६:४८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् ।

प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र लेख्दै आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । जसपा ठाकुर पक्षका सबै सांसदहरुको तर्फबाट विश्वासको मत दिन देउवाले आग्रह गरेका हुन् । सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले अहिले केही बेरमा बिस्वासको मत लिदैछन् । जसपाको उपेन्द्र यादव पक्षमा १९ जनाले विश्वासको मत दिने बताइएको छ ।

प्रतिक्रिया