शुक्रबार, वैशाख ७, २०८१

देउवालाई मत दिन नेपाल पक्षका सांसदलाई स्वविवेक प्रयोग अनुमति

मेरोन्यूज २०७८ साउन ३ गते १४:३५

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपाल समूहका सांसदहरूले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा स्वविवेक प्रयोग गर्न दिने भएको छ । तर, अधिकांश सांसदले मत दिने भएका छन् ।

यसैबीच कार्यदलका नेताहरूले देउवालाई विश्वासको मत दिए पार्टी एकताको ढोका बन्द हुने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले १० बुँदे सहमति पत्रअनुसार अगाडि बढ्न भनेको छ ।

प्रधानमन्त्री देउवालाई नेपालसहित सांसदहरू मेटमणि चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादवलगायत नेताहरूले विश्वासको मत दिने भएका हुन् । यसैबीच भारतमा उपचार गरिरहेका झलनाथ खनाल विश्वासको मत दिन आह्वान गरिसकेका छन् ।

उता नेता नेपालले कार्यदलका नेताहरूसँग आफू एक्लै भए पनि देउवालाई विश्वासको मत दिने बताएका छन् । एमालेले देउवालाई विश्वासको मत दिनेहरू आजैदेखि पार्टीमा नरहने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया