शनिबार, वैशाख ८, २०८१

दिल्लीबाटै झलनाथको अपिल : अलमल नगरी देउवालाई मत दिनू (पूर्ण पाठ)

मेरोन्यूज २०७८ साउन ३ गते १३:१२

काठमाडौं । नयाँ दिल्लीमा उपचार गराइरहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कुनै अलमलमा नपरी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता खनालले आज दिल्लीको एपोलो अस्पतालबाट एक वक्तव्य जारी गर्दै,संसदीय दलका माननीयहरुले कुनै पनि अलमल र आक्रोसबाट प्रभावित नभइकन प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

“म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु । मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रस्ट पार्न चाहन्छु,”दिल्लीको एपोलो अस्पतालबाट उनले एक वक्तव्य जारी गर्दै भनेका छन् ।

प्रतिक्रिया