शनिबार, वैशाख ८, २०८१

पूर्वराष्ट्रपति यादवका छोरासहित तीनजनाले थाले कांग्रेस कार्यालयमा आमरण अनशन

मेरोन्यूज २०७८ साउन ३ गते १२:४७
फाइल तस्बिर

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता वितरणमा विवाद देखिएपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन नेताले आमरण अनशन थालेका छन् ।

पूर्वराष्ट्रपति समेत रहेका डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव, नेताहरु दिनेश नायक र रामपल्टन साहले आमरण अनशन थालेका हुन् ।

क्रियाशिल सदस्यता विवाद समाधान नभएसम्म आफूहरु आमरण अनशनमै रहने उनीहरुको भनाई छ ।

प्रतिक्रिया